ट्वीटरमा राजनीतिक विज्ञापन बन्द: अमेरिकामा तरंग - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

ट्वीटरमा राजनीतिक विज्ञापन बन्द: अमेरिकामा तरंग



(एजेन्सी) । सामाजिक सञ्जाल ट्वीटरले सबै खालका राजनीतिक विज्ञापनलाई प्रवितबन्ध लगाउने भएको छ ।

ट्वीटरले आफूलाई राजनीतिक विज्ञापनको माध्यम बन्न नदिने बताएको छ ।

ट्वीटरका कार्यकारी अधिकृत ज्याक डोर्सीले इन्टरनेटमार्फत गरिने विज्ञापन निकै प्रभावककारी हुने र यो व्यापारका लागि ठीक भए पनि राजनीतिमा यसले ठूलो जोखिम ल्याउने बताएका छन् ।

यसको विपरित फेसबुकले भने राजनीतिक विज्ञापनलाई बन्द नगर्ने घोषणा गरिसकेको छ । ट्वीटरमा राजनीतिक विज्ञापन बन्दको समाचारसँगै यसले अमेरिकाको राजनीतिमा तरंग ल्याइदिएको छ ।

राजनीतिज्ञ र आम–मानिसह यसको पक्ष र विपक्षमा देखिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका चुनावी प्रचार प्रमुख ब्रेड पास्कलले ट्वीटररको निर्णय राष्ट्रपति ट्रम्प र कन्जरवेटिब्सहरुलाई कमजोर गराउने निर्णय भएको आरोप लगाएका छन् ।

उता राष्ट्रपति ट्रम्पका प्रतिद्वन्द्वी जो वाइडनका प्रवक्ता बिल रुसोले भने यो कदमले लोकतन्त्रको जीत हुने दाबी गरेका छन् । यो प्रतिबन्ध आगामी नोभेम्बर २२ देखि कार्यान्वयनमा आउने बताइएको छ ।

पछिल्लो राष्ट्रपतीय निर्वाचनमा पराजित डेमोक्रेटिक उम्मेद्वार हिलरी क्लिन्टनले टीव्टरको फैसलालाई स्वागत गर्दै फेसबुकलाई पनि आफ्नो निर्णयमा पुर्नविचार गर्न आग्रह गरेकी छन् ।