ट्र्याक्टर पल्टँदा चालकसहित ७ जना घाइते - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ट्र्याक्टर पल्टँदा चालकसहित ७ जना घाइते



डोटी , १७ मंसिर । ट्र्याक्टर पल्टँदा चालकसहित ७ कामदार घाइते भएका छन् । ३ जना गम्भीर घाइते भएका छन् ।

से१त ८८१ नम्बरको ट्र्याक्टर आदर्श गाउँपालिकाको काँडी स्याउलेबाट फर्कने क्रममा दिपायल सिलगढी नगरपालिकाको तिखामा पल्टिएको थियो ।

आज दिउँसो १२ बजेतिर भएको दुर्घटनामा ट्याक्टर चालक विनोद चौधरी, रामसिंह चौधरी र लालबहादुर थारु गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । ट्र्याक्टर कसरी पल्टियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।