ऊ कसरी राक्षस लोग्ने ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ऊ कसरी राक्षस लोग्ने ?



-हरि थापा

सबैले उसलाई साले, गधा, कुकुर भन्दै ठुल्ठुला स्वरमा ब्रुरुक ब्रुरुक उफ्रिदै थिए। म एक रमिते बनेर ट्वाल्ल पर्दै बात मारेको सुन्दै थिई।

अञ्जना,भाउजू अम्बु अनि उनका अरू साथी भेला भई अशोकको विषयमा अाक्रोस पोख्दै थिए। यसरी पिट्नु हुन्छ?ठाउको ठाउँ लागेर मरेको भए के हुन्थ्यो। हेर केटी हो म जस्तो भए त्यसको टाउको प्याट्टै फुटाई दिन्थी,यो अम्बु सोझी छे त्यस्ता लोग्नेको चुई-चुई टुपि घुमाउन सक्नु पर्छ त्यस्तालाई म भए ठिक पारिसक्थे’उक्साउँदै थिए ।म सुन्दै गए…

अनि मेरो मनले मानेन् म पनि त्यही अाक्रोस मा अशोक भेट्न हिडे। म उसको घर पुग्दा कोठाको अवस्था लथालिङ थियो घरमा ठुलै घटना भए जस्तो कस्तो कस्तो शून्य अनि उकुसमुकुस भए जस्तो गर्मीले उसको ज्यान भिजेको थियो ।पसिनाको ठुस्स अमिलो गन्ध आइरहेको थियो।

सदा झैँ अोैपचारिकता पुरा नगरी सिधै विषयमा आएँ ।त मरेको भए हुन्थ्यो। तैले बाचेर के गरिस!लाजमर्दो आफ्नो नाक काटिस,समाजको नाक काटिस,घर परिवारको नाक काटिस,साथीभाई सबैको नाक काटिस।त बाच्नु बेकार छ। त मर दुनियाँको अगाडी के काडाँ भएर बाच्छस!मेरो अाक्रोसले उसलाई केही छोएन् सुनिरह्यो।सायद हिजो बेलुकाको घटना सबैले थाहाँ पाईसके भनेर उसलाई लाज लागेको हुनु पर्छ।

ऊ कालो अनुहार पार्दै मोैन बस्यो।शिर पातालतिर झुकिरह्यो ।अशोक भन,केही त बोल यार तेरो समस्या के छ ?त्यसरी श्रीमती कुट्नु हुन्छ ? व्यवहार मिलाउन जान्नु पर्‍यो नि! मैले अर्ति दिए।सम्झाए । हुन त यो तेरो पारिवारिक मामिला हो मलाई कुनै चासोको विषय होइन।

मैले तेरो बारेमा जे कुरा सुने, त्यो सत्य हो, होइन?थाहाँ छैन त्यो कुरा सुनिरहदा असह्या भयो त माथि यति ठुलो अपमान भयो तेरो मात्र भएन साथीको हैसियतले मेरो पनि अपमान भएको भान भयो।त्यसैले म दोैडिएर यहाँ आए। ऊ मेरो बिचराको पात्र थियो,म उसलाई नजिक बाट जान्दथे,यति सम्म गरेन कि भन्ने झिनो आशा जिवितै थियो।

दन्किएको आगो रमिते बनेर ताप्नेहरु धेरै हुन्छन् तर आगो निभाउने आँट कसैले गर्दैनन् लाग्यो अझ पछाडि बाट आगोमा पेट्रोल खन्याउने,दाउ छोप्ने कयोैँ छन् ।त्यस कारण पनि यो आगो जसरी भए पनि निभाउनु पर्छ ।यति सोच्न भ्याएँ।

ऊ बोल्न खोज्दै थियो ।बोली फड्काल्न सकेन। निरिह बनिरहेको थियो।उसलाई अम्बुका एकलोैटी कुरा सुनेर निरिह पात्र बनाइएको थियो सबै गल्ती उसको टाउको मा थोपार्देको थियो।उसले गल्ती स्वीकार गर्ने हिम्मत पनि गरेन।गल्ती मेरो मात्र छैन भन्नेमा ऊ अडिग थियो।

म उसको मोैनताले त्यही अर्थ लगाउथे साच्चैँ भन्नुपर्दा अशोक मात्र दोषी छैन।यसको प्रतिवाद गर्नै पर्छ महिलाको हस्तक्षपकारी भूमिकाले कयोैँ पुरुषको हालत कहाँ पुर्याउछन। अस्ति भर्खर लोग्नेले विदेश बाट पठाएको सबै पैसा र जिन्सी सामान कुम्ल्याएर हिडेकी झुमा लाई सम्झिए ।

भन्नेहरुले त त्यसलाई पनि सबै भन्दा सोझी केटीको दर्जामा राखेका थिए।अाँखिरमा लोग्नेलाई घात गरेर हिडेरै छाडी ।त्यो घटना सम्झिए। हो मैले उसको चमक हराएको मुहार हेरेर भन्न सक्थे। ऊ मात्र दोषी छैन ।तर ऊ अञ्जना भाउजू,अम्बु र उसका साथीहरूको नजरमा गिह्री सकेको थियो।साले,नालायक,गधा मात्र होइन राक्षस लोग्नेको विल्ला पाईसकेको थियो।तर यो सबै कुरा उसलाई थाहाँ थिएन सरसरती भने उसले चुपचाप सुनिरह्यो।

तलाई लाज छैन हैँ ।अम्बु ले सपै कुरा अञ्जना भाउजूलाई भनिछ,तैले गल्ती गरेकै होस अब अम्बु सँग माफी माग।

यति भने पछि ऊ झल्यास भयो।के को माफी माग्ने मैले त के भन्दैछस! त ठिक त छस! उल्टै लाज पचाईरह्यो ।के भनिछ अम्बुले अञ्जना भाउजू सँग? उसले मन्द स्वरमा प्रश्न तेर्स्यायो।मेरो रिसको उचाइ अझै माथि चढ्दै थियो।

हैँन त आफूले आफूलाई के सम्झन्छस् हँ ! थाहाँ नपाए जस्तो गर्छस!स्वास्नी कुट्यो भनेर जत्ताततै कोलाहल मच्चिरहेको छ ।यति हुँदा पनि तलाई हीनताबोध!हुन्न भने त मान्छे हैनस। त किन स्वच्दैनस! लाचारी नबन मेरो अगाडी मर्लास फेरि! हेर तेरो समस्या स्वास्नी कुटेर समाधान हुँदैन के हो समस्या सिधा भन हैन भने आज बाट तेरो र मेरो सम्बन्ध चट।

यति भने पछि ऊ स्तब्ध भयो गल्तीको महसुस गर्‍यो लामो सास तान्यो, तलाई त थाहाँ छ नि हैँ। यत्रो वर्ष सङ्गत गरिस उसले भन्दैमा त मलाई विश्वास गर्दैनस् अञ्जना भाउजूलाई उसले दुख पोखि होली! तर अन्जना भाउजू पनि त टाढाको हैन नि !त्यसरी सररर एक पक्षको कुरा सुनेर मलाई राक्षस लोग्ने बनाउन मिल्थ्यो त भन हरि!

त्यो त हो तर तैले गल्ती गरेकै होस! संम्वेदनशिल घटना घटिसक्यो ।अम्बु घाइते भाकि छ ।त लाचारी होस मैले भन्ने कुरा बाँकी राखिन् । त साथी भन्न पनि लायक पनि छैनस! थुईक्क तेरो कारण मलाई मुख देखाउन लाज भएको छ।

ऊ गम्भीर भयो,एकोहोर सोचि रह्यो ।ठिकै छ त पनि उसकै कुरा सुन म यो समाजमा सबैको नालायक थिए आजबाट तेरो पनि नालायक भए त यहाँ बाट गईहाल ।मेरो कुरा सुन्दिने को छ र?

हुन्दे! म मात्र दोषी हुँ ।मलाई लागेको थियो तैले त्यसरी भन्दैनस! मेरो कुरा सुनिदिन्छस! तर अहँ मेरो अब कोही रहेन।म बाचु या मरु अब मेरो वास्ता गर्ने छाड्दे।

म बिस्तारै सेलाउदै गए अब पालो उसको थियो ऊ बिस्तारै तात्दै थियो।
भन न त भन! भएको चाही के थियो?

मेरो यसै बेईजत भयो उसै, ठिक छ छाड्दे!
ऊ सन्कियो।ह्या त्यसो नभन मलाई साचो कुरा बत्ता अञ्जना भाउजू सँग म कुरा गर्छु।

अम्बुले मलाई दोषी देखाई ठिक छ उसले मलाई दोषी देखाउँदैमा ऊ कसरी निर्दोष बन्ली। म पनि हेर्छु ।यसले यति भनेपछि मलाई अझ विश्वास लाग्यो पक्कै गल्ती अशोकको मात्र छैन।सजिलै अनुमान लगाएँ।

यहाँ पुरुष पात्रलाई गलत साबित गर्दै आफू अनेकोैँ बाहनामा फुत्किने महिला पनि कम छैनन् उसको भनाइमा केही सहमति केही विमती जनाए तर अझै गहिराईमा पुग्नु थियो मलाई।

जुन दिन मैले मेरो आमा बुबा गुमाए त्यो दिन देखि उसले खै के सोची!मलाई मान्छे गन्न छाडी म सक्दो कोसिस गर्थे उसका कुरा सुन्न,उसलाई बुझ्न तर सफल हुन सकेन। उसले मलाई कहिल्यै बुझ्ने कोसिस गरिन ऊ भावुक बन्यो।

मैले कयोैँ पटक सम्झाएको हुँ त्यो गम्भीरको सङ्गत गर्न छाडिदेऊ भनेर उसले कहिल्यै टेरिन, उल्टै मलाई क्वाप्पै खाउँला झैँ गर्थि, मैले इज्जत गरेको थिई सम्मान गरेको थिई उसले म एक्लो देखि त्यस पछि न मैले भनेको मानी न आफैले जानी’ जति सम्झाउदा पनि यत्रा यत्रा अाखाँ पल्टाएर हेर्थी मिल्ने भा सर्लकै निलुला झैँ गर्थी , मलाई लाथ्यो परिवार निमिट्यान्नै भए पनि ऊ मेरो अभिभावक बनोस भन्ने लाग्थ्यो ।

जब एक दिन मैले गम्भीर र उसलाई डेटिङ पार्कमा देखे त्यो दिन देखि मेरो मन नराम्रो सँग कुडिएको थियो ।त्यहाँ भन्दा अगाडी मैले कहिल्यै बचन पनि लगाको थिइन।

उसलाई आफू निर्दोष छु जस्तो लाग्थ्यो होला। तर मेरा आँखाले त्यो दृश्य कैद गरिसकेको थियो त्यो आकृति कहिल्यै मेटिनेवाला थिएन ।कसको मनले मान्ला र सहन सक्ला आफ्नो जीवन साथी परपुरुष सँग अापतिजनक अवस्थामा देख्दा।

पहिलो मन कुडिएको घटना यहीँ बाट सुरु भएको थियो त्यस अघि पटक पटक संवाद भएको कुरा पनि विर्सिएको थिएन।म अशोक सँग जिउन चाहन्न गम्भीर मलाई यहाँ बाट लगी हाला भन्दै मेरो खिल्ली उडाउने पनि त्यही अम्बु थिई,त्यस अघि हाम्रो खासै बाजाबाज पनि भएको थिएन।

जब मैले उनीहरूको सम्बन्ध नजिक भा’को थाहाँ पाए मैले मेरा परिवार सम्झे’भावुक बने ‘”छ गेडी सबै मेरी छैन गेडी सबै टेडी “यो उखान सुनेको थिई सम्झे आफूलाई अभागीको दर्जामा राखे सायद मेरा परिवार साथमा भईदिएको भए यो उमेरमा मैले त्यति ठुलो जिम्मेवार लिनु पर्ने थिएन ।दुर्भाग्य दैवले चाडैँ लग्यो सम्पूर्ण जिम्मेवारले मलाई थिच्दै गयो।

सधैँ भावुक बन्न थाले अभिभावक सम्झिन थाले मलाई घर परिवार चलाउन हम्य पर्थ्यो ।आफू साहुको मा काम गर्थे, अम्बु पनि बैङ्कमा जागिरे थिई,खासमा उसको राम्रै जागिर भएर होला उ मलाई सधैँ दवाउन खोज्थी मैले मैनावारी सबै हिसाब गरेर उसको हातमा हाल्दिनु पर्थ्यो।यो घरमा पुरुष हिंसा भएको थियो तर कसैका अाखाँ खोलिएनन् मेरो शब्द शब्दमा रुखो जवाफ दिन्थी,अनि गम्भीर सँग नगई नछाड्ने धम्की र फुर्ति दिँदै दिनप्रति दिन मलाई कमजोर पार्दै थिई।

अम्बु माथि मलाई पूर्ण विश्वास भरोसा थियो काम गरेर ल्याएको सबै तलब उसको हातमा थमाई दिन्थे। जब मैले उसको सम्बन्धको बारेमा कर्तुतहरु पत्ता लगाए आफ्नै अाखाँले देखे।असह्या चोट लाग्यो कहिल्यै नसोचेको कुरा भयो । मैनावारी तलब दिन बन्द गरे हरेक दिन उसले हिसाब खोज्थी, अलिकति ढिला भयो भने उठिबाँस लगाउथी घर हल्लाउथी तर ऊ कैले अफिसको कामले फिल्ड जानु छ भन्दै दुई तिन दिन हराउ’थी कैले विभिन्न बाहनामा घर छाड्’थी । मैले कहिल्यै उसलाई शङ्काको डेरामा राखिन, स्वतन्त्र छाडिदिए।

उसले मलाई जहिल्यै कचकच गर्थी बाबु आमा टोकिस भन्दै झगडा सुरु गर्थी अन्त्यमा मैनावारी तबल मा आएर झगडा भयबह हुन्थ्यो मलाई उसले हात हाल्थी म खप्नु जति खपेर बस्थे यस्तै दिन प्रतिदिन कचकच सहन नसकेर मैले ड्रिङ्क गर्न लागेको साचो कुरा थियो।

मेरो मनमा आगो बलिरहन्थ्यो ।उसले मलाई गलत साबित गरेर गम्भीर सँग जान चाहन्थी। तर उसका लागि त्यो समय अनुकूल मिलेको थिएन ।

उसले फिल्ड जान्छु भन्दा म सजिलै पत्याउथे, जब म डेटिङ स्पटको दृश्य सम्झन्थे मेरो मनले मान्दैन्थ्यो।म भित्र भित्रै मर्दै थिए जिउदै मुर्दा भएको थिए।

मलाई दिन प्रतिदिन भोक,निन्द्रा, हटिसकेको थियो मेरो साहार त्यही लोकल एक बोतल थियो अलिकति पिदिए भने निदाउन सक्थे।उ मलाई विभिन्न बाहनामा झुक्याईरहन्थी’ म घरमा एक्लै हुन्थे ।

मनमा अनेक कुरा खेल्थ्यो,निराश बनाउथ्यो
मेरो अब कोही रहेन झैँ लाग्थ्यो। मैले यति सानो उमेरमा के गरेछु ।यो कसको पाप भोग्दै छु।मनमनै सोचिरहन्थे। पश्चाताप लागिरहन्थ्यो । आखिर यो सबै किन ?भगवान् सँग गुनासो गर्थे मेरा लागि मान्छे मात्र हैन भगवान् पनि निर्दयी हुँदै आ’को जस्तो महसुस गर्थे।

ऊ जब फिल्ड जान्छु भनेर दुई दिन हराकी थिई मैले पिच्छा गरिरहेको थिई,मलाई झुक्याएर फिल्ड जान्छु भन्दै गम्भीरको मा बस्थी, हो मैले उसको अफिसमा फिल्ड जाने कुरा पनि सोधेको थिए अस्ति भर्खर सकिएको अब अहिले तत्काल फिल्ड जान पर्दैन भनेर उसको हाकिम साब ले भनेका थिए। हाकिम साब पनि टाढाको थिएनन् चिन जानकै मान्छे थिए।त्यसैले मलाई सोध्न असहज भएन।

उसले मलाई जाने दिन भनेकी थिई दुई दिन अाउदिन् फिल्ड जानु छ।ऊ फन्किदै हिडेकी थिई त्यसपछि मैले मुस्किलले मुन्टो हल्लाउँदै हुन्छ को सहमति जनाएको थिए।

अनि म पनि पिच्छा गर्दै उसको फिल्ड जाने निर्णय गरी र साहुलाई खबर गरे ।साहुले छुट्ठी मिल्दैन भन्दै झपारे, किन छुट्टी भन्दै थिए ।अलि असक्त छु भनेर झुक्याए ।म उसलाई पिच्छा गर्दै पछि लागे उसले फर्केर हेरिन अगाडी बढिरहि।

सिधै गम्भीरको मा गई भित्र पसि कति बेला निस्कन्छे भनी म दोबाटोमा कुरिरहे गम्भीरको घरबाट निस्कने मूल बाटो एउटै छ तर अहँ उनीहरू कहिल्यै बाहिर निस्केनन् त्यसपछि म थाके मेरा अाखाँहरु थाके ।त्यो दिन दोबाटोमा कुरेर बित्यो। दिनको चर्को घाम मन्द हुँदै
गधुली साझमा डुब्यो ।उनीहरू बजार निस्के मैले राम्ररी देखे बुझे त्यो दिन उसले गम्भीरको मा बिताई म गतिलो प्रहार खाएर घर फर्के ।

होसवास नै थिएन।के सोचेको थिए ठिक उल्टो हुँदै थियो। शिथिल भएको थिए,भट्टीमा गए एक बोतल बोके घर हिडे हो म नशा विना बाच्न नसक्ने भइसकेको थिए। अझ उसका दिनप्रति दिन गाली खानुको क्षण पिडादायक हुन्थ्यो।

उसले सधैँ पिएर आउँदा फेरि आमाको रगत धोकेर आएछ भन्दै तथानाम गाली गर्थी म चुपचाप सहन्थे उसले जे भेट्यो त्यसले झटारो मार्थी म नशाकै तालमा झुम्म भईरहन्थे र पल्टन्थे ।

कति वेला अब त ऊ अलि नरम भईकी भनेर स्पर्श गर्ने खोज्थे ऊ मेरा हात बेस्सरी खुस्काउला झैँ झट्काल्थी’उसको म लोग्ने हैन अरू अनजान मान्छे हुँ त्यस्तो व्यवहार गर्थी अनि फेरि कोल्टे फेर्दै निदाउने प्रयास गर्थे।

जब ऊ फिल्ड बाट आई दुई दिन भनेकी थिई तिन दिनको दिन आई हो म त्यो दिन पनि नशामा थिए, तर मेरो सुर हराएको थिएन ऊ फिल्ड बाट अर्थात् गम्भीरको घरबाट आफ्नो घर आई ।

घर मा पस्नु साथ बुरुक्क उफ्रिदै थिई तथानाम गाली गर्दै थिई अनि उहिँ आमा को रगत भन्दै अनेक गाली दिँदै थिई । अघिल्लो दिनको आधा बोतल बाँकी थियो त्यही रित्ताएको थिई ।खासै नशा लागेको थिएन् उसले सबै गल्ती मेरो मात्र ठान्थी।तर यस पटक मेरा दुई नयन साक्षी थिए।दृश्यहरू स्पष्ट,छर्लङ्ग पर्दामा देखेझै स्मरण गर्दै थिए।

आउन नपाई फेरि उहिँ पहिले जस्तै भट्याउन थाली मेरो रिसले सीमा नाघ्यो भो हल्ला नगर सबै थाहाँ छ मलाई यति के भनेको थिई लठ्ठीको झटारो बर्षाई अझ मेरा अाखाँ गलत साबित गर्न खोजी ठुलो स्वरले चिच्याउन थाली, म अोछ्यानमा पल्टिरहेको थिई, एक झटारो खाए दायाँ पाखुरामा निलो डाम बस्यो।
फेरि पनि जित्न खोज्दै थिई मैले जवाफ फर्काउदै गए मैले फिल्ड पत्ता लगाए के भनेको मात्र थिए। उसले खाना पकाउने कुकरको झटारो हानी अनि रिसले सीमा नाघ्यो हो मैले एक थप्पड हानेको थाहाँ छ त्यसपछि के भयो म अाफुनै अचेत भएछु।

उसका अाखाँ रसाएका थिए,पहिलो पटक म केटा मान्छेको आँखा टिलपिल भरिएको देख्दै थिए अनि फेरि सोचे उहिँ अम्बु जहिल्यै श्रीमानको खेद खन्ने अनि फिल्ड भन्दै सोझोपनको फाइदा उठाउँदै गम्भीरको मा रातदिन विताउने अनि घरमा आएर श्रीमानलाई दबाउन खोज्ने, गलत साबित गर्ने खोज्ने सम्झिए कस्तो चरित्र होला अनि अञ्जना भाउजूले पनि किन एकलोैटी कुरा सुनेर अशोकलाई निरिह पात्र राक्षस लोग्ने भनेको होला के उसले भित्री कुरा दुईपक्षको कुरा सुन्नु पर्दैन्थ्यो।

तर मैले अशोकको सबै कुरा सुने पछि राक्षस होइन ऊ त देवता रहेछ भन्ने बुझे,अशोकको कुरा सुन्दा अम्बुको चरित्रमा सोझै प्रश्नवाचक! लाग्थ्यो।तर अहँ अशोकलाई सधैँ निर्दोष सम्झिरहे आखिरमा त्यसको परिणाम ऊ घाइते भई अनि सबैको नजरमा अशोक कंलङ्कको पात्र बन्यो।