उच्च अदालतको आदेश : भारतबाट आउने कुरकुरेमा रोक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

उच्च अदालतको आदेश : भारतबाट आउने कुरकुरेमा रोक



काठमाडौँ /९ मंसिर।

भारत लगाएतका देशबाट आयात हुने कुरकुरेलाई नेपाल आयातमा रोक लगाइने भएको छ । विदेशबाट आयात हुने कुरकुरे आयातमा रोक लगाउन पाटन उच्च अदालतले आदेश दिएपछी नेपालमा भारत र अन्य मुलुकबाट आउने कुरकुरे बिक्रि नहुने भएको हो ।

नेपालमा दुगड स्पाइस एण्ड फूड्स प्रोडक्ट्सले आफूले उत्पादन गरिरहेको कुरकुरेसँग हुबहु मिल्ने कुरकुरे नामकै खाद्य पदार्थ भारत लगायत तेस्रो मुलुकबाट आयात भैरहेकाले रोक लगाउन अदालतमा रिट दर्ता गरेको थियो । रिटमा सुनुवाई हुँदै अदालतले दुगडका पक्षमा फैसला गरेपछि अन्तत: नेपालमा भारत र अन्य देशबाट आउने कुरकुरे रोक हुने भएको छ ।