उदय शमशेरले ओलीलाई दीर्घायुको कामना गर्दै भने: 'एकको अन्त्य लोकको अन्त्य होइन' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

उदय शमशेरले ओलीलाई दीर्घायुको कामना गर्दै भने: ‘एकको अन्त्य लोकको अन्त्य होइन’



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उदय शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताको मायाँ नभएको बताएका छन् ।

उनले प्रधानमन्त्री ओली यसपछि प्रधानमन्त्री र दलको नेता पनि नबन्ने पक्का भएकाले उनलाई देश र जनताको मायाँ नभएको बताएका हुन् ।

सामाजिक संजालमा प्रधानमन्त्री ओलीलाई स्वास्थ्य र दीर्घायुको कामना गर्दै उनले एक जनाको अन्त्य लोकको अन्त्य नभएको बताएका छन् ।

उनले ओलीलाई सम्भवतः अब पछि प्रधानमन्त्री नहुने उल्लेख गर्दै दलको नेतृत्वमा पनि नआउने बताएका छन् । सायद त्यसैले तपाईलाई देश र जनताको पनि माया छैन भन्दै नेता राणाले ‘एकको अन्त्य नै लोकको अन्त्य नहुनेसमेत सचेत गराएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्,
‘सम्माननीय केपी शर्मा ओलीज्यू। संभवतः तपाई यसपछि प्रम पनि बन्नुहुन्न, दलको नेतृत्वमा पनि आउनुहुन्न। सायद त्येसैले होला तपाईलाई देश र जनताको माया नै छैन्। तर कृपया यो याद राख्नुहोला कि, एकको अन्त्य नै लोकको अन्त्य हैन। स्वास्थ्य र दिर्घायुको कामना।’