उमेर ढाँटेर डीएसपीमा बढुवा भएका प्रहरी फन्दामा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

उमेर ढाँटेर डीएसपीमा बढुवा भएका प्रहरी फन्दामा



काठमाडौं,साउन २९  ।

डेढ बर्ष अघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन् । हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक फरक जिल्लाबाट फरक मितिमा नागरिकता जारी गरेको फेला परेपछि प्रहरी किताबखानाले सिंहमाथि कारबाही गरेको छ ।

अाजको नेपाल समाचारपत्रमा खबर छ– सिंहले प्रहरी किताबखानामा पेस गरेको नागरिकतामा जन्ममिति २०१६ उल्लेख छ ।

नागरिकता हराएपछि कामको सिलसिलामा कालिकोट पुगेका उनले त्यहाबाट लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल उल्लेख छ ।

उनको बढुवा रद्द गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ ।