ओली सरकारका निर्णयहरू उल्टाउन सुरू: सुरुवात प्रहरीबाट - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओली सरकारका निर्णयहरू उल्टाउन सुरू: सुरुवात प्रहरीबाट



काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका निर्णयहरू वर्तमान सरकारले उल्ट्याउन थालेको छ । सरकार बनेको अर्को दिन नै प्रहरीका उच्च अधिकारीहरूको सरुवामा नयाँ सरकारले हस्तक्षेप गरेको छ ।

गृह मन्त्रालयको नेतृत्व बालकृष्ण खाँणले सम्हालेपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा कार्यान्वनय नगर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बुधबार निर्देशन दिएको हो।

ओली सरकारले सरुवा गरेको ५ दिन भइसके पनि गृहले प्रहरी मुख्यालयलाई तत्काल निर्णय कार्यान्वयन नगर्न भनेको हो। ओली सरकारले ५ दिन अघि सरुवा गरेको भएपनि तत्काल रमाना नलिन प्रहरी महानिरीक्षकको कार्यालयबाट निर्देशन आएको पुष्टि गरे।

तत्काल सरुवा कार्यान्वन नगर्न निर्देशन आएपछि एआईजी सरुवा बदर हुने सम्भावना देखिएको छ। ओली सरकारले समय नपुग्दै एआईजी सरुवा गरेको भन्दै विवाद भएको थियो। ओली सरकारले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआईजी हरिबहादुर पाललाई कार्य विभागका सरुवा गरेको थियो। उनको स्थानमा प्रद्युम्न कार्कीलाई सरुवा गर्ने निर्णय भएको थियो।

एआईजी पाल रानीपोखरी गएको ७ महिना मात्र भएको थियो। सामान्यतया १ वर्ष नपुगी सरुवा नगिने भएपनि तत्कालीन प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगरेको भन्दै पाललाई कार्यविभागमा सरुवा गरिदिएका थिए।

ओली सरकारले निरज शाहीलाई अपराध अनुन्धान विभाग पठाउने निर्णय गरेको थियो भने एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख बनाइएको थियो। मानव स्रोत शाखामा सहकुल थापालाई बढुवा गरी पदस्थापन गरिएको थियो।