उमाको ‘इति’ उपन्यास सार्वजनिक,हात्ती आतंक मुख्य केन्द्र बिन्दु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

उमाको ‘इति’ उपन्यास सार्वजनिक,हात्ती आतंक मुख्य केन्द्र बिन्दु



काठमाडौं । युवा साहित्यकार उमा सुवेदीले पूर्वी नेपालको हात्ती आतंकको विषयलाई कथावस्तु बनाएर लेखिएको ‘इति’ उपन्यास सार्वजनिक गरेकी छिन् ।14359069_1064198917026986_2555911097359484844_n

राजधानीको शिल्पी थिएटरमा बिहीबार पुस्तक लोकार्पण गरियो । समालोचक तथा कवि गीता त्रिपाठीले उपन्यासले बदलिँदो समाजको विसंगति र बदलिन नसकेको संस्कारको चित्रण गरेको टिप्पणी गरिन् । ‘भोगाइ र पीडाको एउटा अध्याय सकिए पनि अरु अध्याय बाँकी नै भए जस्तो इतिले समस्यामूलक अन्त्य भएको एउटा अध्याय उठाएको छ,’ त्रिपाठीले बताइन् ।14316889_1064199430360268_8287946514843538243_n

यस्तै, उपन्यासकार अमर न्यौपानेले वर्तमान समयका मान्छेको अनुहारलाई ल्याउन सक्नु उपन्यासको शक्तिशालि पक्ष भएको दाबी गरे । स्थानीय लबज र माटोको सुगन्धले उपन्यास जीवन्त बनेको उनको भनाइ थियो ।14333627_1064200797026798_2782911584327909999_n

उपन्यासकार सुवेदीले पहिलो उपन्यास ‘तोदा’ रहरैरहरमा लेखे पनि अब राज्य व्यवस्थाको कुरा लेख्नुपर्छ भन्ने दायित्वबोध गरेर ‘इति’ लेखेको बताइन् ।

‘रहरले लेखेको मन पराएपछि झन् चुनौती हुँदो रै’छ,’ उनले दोस्रो उपन्यास लेख्दाको अनुभूति सुनाइन्, ‘अब समाज र मान्छेको कुरा गम्भीर रुपले लेख्नुपर्छ भनेर दोस्रो उपन्यासका लागि तीन वर्ष मिहिनेत गरेँ ।’ त्यस क्रममा विषय खोज्दा आफ्नै जन्मथलो झापाको बाहुनडाँगी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि भोगिरहेको हात्ती आतंकको कथावस्तु रोजेको उनले खुलाइन् ।

अक्षर क्रियसन्सले बजारमा ल्याएको २ सय १९ पृष्ठको यस उपन्यासको मूल्य ३ सय रुपैयाँ राखिएको छ।