उमाशंकर अरगरिया झिनो मतान्तरले पराजित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

उमाशंकर अरगरिया झिनो मतान्तरले पराजित



धनुषा २ बाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन् ।

एमालेका उमाशंकर अरगरियालाई झिनो मतान्तरले पराजित गर्दै कांग्रेसका यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कांग्रेसका यादवले २० हजार ११२ मत प्राप्त गर्दा एमालेका अरगरियाले १९ हजार ९५५ मत पाए । यादव र अरगरियाबीच १५७ मतको फरक पर्‍यो ।

यसैगरी नेकपा एसका रामचन्द्र झाले १३ हजार ६०५, जसपाका आनन्द यादवले १२ हजार ९०१ र जनमत पार्टीका जयनारायण साहले ९ हजार ९०१ मत पाए ।