युनिभर्सल मेडिकल कलेज तनावग्रस्त: मृतकका आफन्तले कुटे १६ डाक्टर - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

युनिभर्सल मेडिकल कलेज तनावग्रस्त: मृतकका आफन्तले कुटे १६ डाक्टर



काठमाडौँ- भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचारार्थ बिरामीको मृत्युपछि आफन्तहरूले डाक्टरमाथि कुटपिट गरेका छ ।

सोमबार हस्पिटलमा उपचार गराइरोकेकी यमकुमारी बुढामगरको करिव ८ बजे मृत्यु भएको थियो ।

त्यसपछि आक्रोशित बनेका आफन्तले डाक्टरमाथि नै आक्रमण गरेका हुन् । टाउकोमा रगत जमेको कारण आइसियुमा उपचार गराइरहेकी ५० वर्षी बुढामगरको\ आइसियुमै मृत्यु भएको थियो ।

बुढामगरेको मृत्युपछि आक्रोशित बनेका आफन्तले अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै उपचारमा संलग्न डाक्टरलाई सोही कक्षमा प्रवेश गरेर कुटपिट गरेका थिए ।

उनलाई कुटपिट गरिसकेपछि बाहिर आएर अस्पतालका अन्य डाक्टरमाथि आक्रमण गरेका थिए ।

कुटपिटबाट उपचारमा संलग्न डाक्टरलाई बढी असर परेको छ । अहिले उनको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ ।