आफूलाई स्वतः विजयी घोषित गर्न निर्वाचन आयोगसँग उमेश श्रेष्ठको माग - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आफूलाई स्वतः विजयी घोषित गर्न निर्वाचन आयोगसँग उमेश श्रेष्ठको माग



काठमाडौँ – नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जाने भएका छन् । नागरिकता विवादका कारण रवि लामिछानेको सांसद पद गएपछि उनी स्वतःघोषणा गर्न माग गर्दै आयोगमा निवेदन दिन लागेका हुन् ।

श्रेष्ठले आज बिहान साढे ११ बजे आयोगमा निवेदन दिने कार्यक्रम छ । यसबारे दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने श्रेष्ठको तयारी छ ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठ रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । गत निर्वाचनमा श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए । लामिछानेसँग उनको मतान्तर ३४ हजार ३१२ रहेको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने फैसला सुनाएपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खाली रहेको छ ।