ओलीले निम्त्याएको दशा कटाउन नयाँ रणनीतिमा लाग्यो एमाले - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ओलीले निम्त्याएको दशा कटाउन नयाँ रणनीतिमा लाग्यो एमाले



सरकारले संघीय तथा प्रदेशासभाको निर्वाचनको मिति घोषणाको तयारी गरेपछि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अहिलेकै परिस्थिति निर्वाचन सम्म रहेको खण्डमा अघोल्लो पटक सबैभन्दा ठूलो डल बनेको नेकपा एमाले निकै सानो आकारमा खुम्चिने अनुमान सर्वत्र छ ।

अघिल्लो संघीय निर्वाचनमा कांग्रेसविरुद्ध वाम गठबन्धन चुनावी मैदानमा उत्रिएपछि माहोल एकाएक परिवर्तन भएको थियो। नेपाली कांग्रेससँग मिल्न खोजेको माओवादी केन्द्रलाई एकाएक एमालेसँग मिल्न बाध्य बनाउँदा कांग्रेस आफैलाई इतिहासमै ठूलो झट्का लागेको थियो । सबैभन्दा ठूलो दल कांग्रेस एकाएक २३ सिटमा सिमित हुनुपरेको घटना कांग्रेसी जनामा ताजा नै छ ।

तर अहिले भने परिस्थितिले अर्कै मोड लिएको छ । जनताले दुईतिहाई नजिक मत दिएका वाम पार्टीहरू टुक्रा-टुक्रा बनेका छन् । सरकार गठनपछि एमाले अध्यक्ष केपी ओलीबाट भएका काण्डहरूले उनी आफै संकुचित हुने अवस्थामा आएका छन् ।

अघिल्लो निर्वाचनमा निकै बलियो देखिएका केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग काँधमा काँध मिलाएर चुनावी मैदानमा जाँदा जनताले अब देशमा केही हुन्छ भन्ने आशाका साथ जनताले मत खन्याएका थिए । यो पटक भने परिस्थिति ठिक उल्टो हुने देखिन्छ।

हाल सरकारमा रहेका पाँच दलका बीचमा गठबन्धन हुने निश्चित छ। कांग्रेसले पनि अघिल्लो निर्वाचन अगाडी माओवादीभगाउँडाको पिडा चेतिसकेको छ । त्यसकारण अब हुने आम निर्वाचनको तस्वीर बदलिने निश्चितप्राय छ ।

स्थानीय निर्वाचनपछि सत्ता गठबन्धनका दलहरू हौसिएका छन् । यसैलाई आधार मानेर आम निर्वाचनसम्म यो गठबन्धन कायम राख्नुपर्ने निष्कर्षमा लगभग सबैदल एकमत छन् । यो पटक माओवादी अध्यक्ष दाहाल प्रचण्ड मात्र होइन, ओलीकै डल एमालेका सहयोद्धा माधव नेपालले समेत देउवाको काँध थामेका छन् ।

हरहालमा ओलीलाई सानो साइजमा सिमित बनाएर आफूहरूले सरकार सम्हाल्नुपर्ने निष्कर्ष पाँच दलको छ । दृश्य बदलिएर ओलीविरोधी माहोल बनाउन लागिपरेका गठबन्धन लागेपछि चुनावी परिदृश्य बदलिने संभावना छ।

गठबन्धन एक भएर लागेको खण्डमा ओली यो पटक अघिल्लो निर्वाचनमा देउवाकै हालतमा पुग्ने भएकाले पनि उनीहरू एक भएका छन् । यसको छनक स्थानीय निर्वाचनले दिइसकेको छ। एमाले अध्यक्ष ओलीले गठबन्धन भत्काउन गरेका लगातारका प्रयास असफल हुनुले पनि यसपटकको निर्वाचनको तस्वीर प्रष्ट देखिन्छ ।

राजनीतिक विश्लेषकहरू पनि सत्तामा रहेका पाँच दलबीचमा गठबन्धन भएमा एमालेको अवस्था निकै कमजोर हुने बताउँछन्। सत्तामा रहेका दलहरुका बीचमा गठबन्धन भएमा आफ्नो दलको पक्षमा खराव परिणाम आउनेमा ओली प्रष्ट भएको पनि उनीहरूले बताउने गरेका छन् ।

त्यसैले पनि ओली आउँदो निर्वाचनसम्म अहिलेको गठबन्धन जुनसुकै हालतमा तोड्नुपर्ने बाध्यतामा छन् । निर्वाचन नजिक पुग्दासम्म एमाले अध्यक्ष ओलीले जुनसुकै सम्झौता गरेर भएपनि माओवादी र एकीकृत समाजवादीलाई आफ्नो कित्तामा तान्ने विश्लेषक बताउँछन् ।

ओलीको पछिल्लो रणनीति

सत्तामा रहेका दलहरुका बीचमा गठबन्धन भएमा एमालेको पक्षमा निर्वाचन परिणाम नआउनेमा स्पष्ट भएर नै अहिले गठबन्धन कुनै पनि हालतमा भत्काउने रणनीतिमा ओली लागेको आम बुझाई छ ।

एमाले अध्यक्ष ओली फरक मनोदशाका साथ चुनावी मैदानमा होमिँदैछन्। जसरी २०७४ सालको निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भयो, त्यसरी नै अहिले सत्ता गठबन्धन चुनावमा तालमेलमा उत्रिए एमालेको हालत उस्तै हुन्छ भन्ने त्रास ओलीमा भएकैले पार्टीका दोस्रो तहका नेताहरूलाई निरन्तर वार्ताको लागि खटाएका छन्।

यी परिदृश्यहरू ओलीले परिवर्तन गर्न नसकेको खण्डमा निर्वाचनपछि बन्ने सरकारबारेको दृश्य पनि प्रष्ट नै देखिन्छ । त्यसैले पनि ओलीले धर्म, राष्ट्रियता र संघीयताबारे मुद्दा उचाल्न सक्ने प्रवल सम्भावना छ ।

आम निर्वाचनमा ओलीले एमसीसी र एसपीपीलाई पनि चुनावी मुद्दा बनाउने सक्ने आंकलन गरिन्छ। तर एमसीसीका धेरै काम ओली प्रधानमन्त्री भएका समयमा भएको कुरा सार्वजानिक भइसकेकाले आम मतदाताले नपत्याउ सक्ने भएकाले उनले धर्म, राष्ट्रियता र संघीयताबारे मुद्दा उचाल्ने देखिन्छ ।

यसअघिको निर्वाचनमा राष्ट्रियताको भजन गएर चुनाव जितेपछि ओलीले गरेका कतिपय हर्कतले बहने उनको राष्ट्रियताको मुद्दा पनि आ फितलो भैसकेको छ । चुच्चे नक्सा जारी गरेपछि पाठ्यक्रमबाट हटाउन निर्देशन दिनु, मध्यरातमा र’अका प्रमुखसँग बालुवाटारमा गोप्य बैठक बस्नु लगायतका घटनाले उनको राष्ट्रियता सम्बन्धि छबी धुमिल बनेको छ । त्यसैले अबको निर्वाचनमा ओलीले धर्म र संघीयतालाई मुख्य हतियार बनाउने आंकलन गरिएको छ ।

ओलीको निर्देशन अनुसार नै एमालेका केही नेता संघीयताको विपक्षमा खुलेरै मैदानमा उत्रिसकेका छन्। एमाले अध्यक्ष ओलीका अतिविश्वापात्रका रुपमा चिनिएका नेताहरु गोकुल बास्कोटादेखि निरु पालसम्मले खुलेरै संघीयताको विपक्षमा बालिसकेका छन्।

ओली निकटहरू धमाधम संघीयताको विपक्षमा खडा हुनुले ओलीको आगामी रणनीति यसैमा रहेको आंकलन गर्न सकिन्छ ।