एमालेका उम्मेदवारले मध्यरातमा कम्बल बाँड्दा तरुण दलले लखेट्यो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एमालेका उम्मेदवारले मध्यरातमा कम्बल बाँड्दा तरुण दलले लखेट्यो



 

हेटौँडा ।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा ख का कम्युनिष्ट गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पुर्व सांसद तथा एमालेका नेता राजाराम स्याङ्तानले आचार संहिताको खिल्ली उडाएर मनहरी गाउपालिका ७ प्याङ्चेमा  मध्यरातमा कम्बल बितरणको प्रयास गरेका छन् ।

उम्मेदवार स्याङ्तानसहित गएको एमाले नेता कार्यकर्ताको टोलीले मंगलबार राति १० बजेतिर मतदातालाई प्रभाव पार्ने उद्देश्यसहित कम्बल बाडन थालेपछि तरुण दलका कार्यकर्ताले उनी सहितको  एमालेका नेता कार्यकर्ता टोलीलाई लखटेका थिए ।

तरुण दलका कार्यकर्ताले लखटेपछि उम्मेदवार सहित टोली भागेका छन् ।

यता तरुण दल र स्थानीयले मनहरी प्रहरीको मिलेमतोमा यो कार्य गरेको आरोप लगाएको छ ।

घटनाको बिषयमा प्रहरीलाई खबर गर्दासमेत कुनै वास्ता नगरेको एक स्थानीयले बताए ।

यसबाट प्रहरीको मिलेमतो रहेको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

यता राजाराम स्याङ्तानलाई यस बिषय के हो ? भनी सोध्न टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।