मेयरको टिकट बिबादले एमाले बैठकमै कुटाकुट ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मेयरको टिकट बिबादले एमाले बैठकमै कुटाकुट !



 

 

जनकपुर, साउन २८ ।

स्थानीय तहको तेश्रो तहको चुनाबको मिति नजिकिँदै गर्दा नेकपा एमाले पार्टीमा भने बिबाद  चुलिएको छ । मेयरको टिकट वितरणको विषयलाई लिएर एमाले धनुषामा पार्टीभित्रै कुटाकुट भएको छ ।

जनकपुर उपमहानगरपालिकाको प्रमुख पदका लागि टिकटको टुंगो लगाउन बसेको बैठकमा एमालेभित्रका दुई समूहबीच कुटाकुट नै भएको पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

उक्त पत्रकार सम्मेलनमा नेकपा एमाले लेखा समिति धनुषाका अध्यक्ष सहदेव मुखियाले एमालेका केन्द्रीय सदस्य तथा धनुषा इन्चार्ज श्रीप्रसाद साहले बाहिरका मान्छे लगाएर आफुहरुलाई कुटपिट र दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।

उनले नेकपा एमाले धनुषाको इन्चार्ज श्रीप्रसाद साहले गुट–उपगुट चलाएको तथा आफ्नै श्रीमती पिंकी साहलाई जनकपुर उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । २५ साउन बिहीबार राती जनकपुरस्थित सीता ल्यालेसमा आयोजना गरिएको उम्मेदवार छनोट बैठकको क्रममा दुई पक्षबीच कुटाकुट भएको थियो, ततपश्चात बैठक स्थगित भएको थियो ।