एमाले केन्द्रीय कमिटी बैठकमा १० समूह बनाएर तीन प्रस्तावमाथि छलफल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमाले केन्द्रीय कमिटी बैठकमा १० समूह बनाएर तीन प्रस्तावमाथि छलफल



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत् गरिने राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव प्रस्तुत् भएको छ ।

शुक्रबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा यी तीन प्रतिवेदन प्रस्तुत् गरिएको हो ।

उक्त प्रस्तावमाथि छलफलका लागि १० वटा समूह छुट्याइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठक भोलि बिहान ११ बजे पनि बस्ने छ ।

भोलिको बैठकमा समूहगत छलफलको सुझावलाई प्रस्तुत् गरिने छ । एमालेले असोज १५–१७ का लागि बोलाएको विधान महाधिवेशनकाे तयारी गरिरहेको छ ।