एमाले सिध्याउन राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्ति लागे : योगेश भट्टराइ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

एमाले सिध्याउन राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्ति लागे : योगेश भट्टराइ



ताप्लेजुङ, भदौ २५ ।

नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेलाई सिद्धाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति लागेको बताएका छन ।

२ नम्बर प्रदेशको स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवारी दिएका र दिन चाहनेहरुलाई छिमेकी मुलुक भारतबाट पनि किन एमालेबाट उठेको भन्ने धम्कि आएको जानकारी आएको दावी समेत गरेका छन् ।

आइतबार ताप्लेजुङमा आयोजित एक कार्यक्रममा नेता भट्टराईले आफ्नो पार्टीविरुद्ध सुरुमा नेपालका शक्तिहरुमात्रै लागे पनि अहिले अन्तराष्ट्रिय शक्तिहरु पनि सक्रिय रुपमा लागेको आरोप लगाएका छन ।

अहिलेको सत्ता गठबन्धन कांग्रेस–माओवादीले चाहेर नभई बाहृय हस्तक्षेपमा बनेको नेता भट्टराईको दावी छ ।