उम्मेदवार नै वाम गठबन्धनमा प्रवेश - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

उम्मेदवार नै वाम गठबन्धनमा प्रवेश



सिन्धुपाल्चोक, मंसिर ६ ।

प्रतिनिधिसभा क्षेत्र नं.१ का जनसमाजवादी पार्टीका उम्मेदवार नै वाम गठबन्धनमा प्रवेश गरेका छन् । वाम गठबन्धनले मंगलवार ठोकर्पामा आयोजना गरेको आमसभामा जनसमाजवादी पार्टीका केन्द्रीय नेतासमेत रहेका उम्मेदवार हस्तबहादुर विक वाम गठबन्धनमा प्रवेश गरेका हुन् ।

वाम गठबन्धनका प्रतिनिधिसभामा साझा उम्मेदवार अग्नि सापकोटा, प्रदेशसभा २ का उम्मेदवार अरुण नेपालले विकलाई गठबन्धनमा स्वागत गरेका थिए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ को साबिकको मांखा गाविसमा विकको प्रभाव राम्रो छ ।

गठबन्धन प्रवेशलगत्तै विज्ञप्ति जारी गरेर विकले राजनीतिक स्थायित्वको लागि वाम गठबन्धनको साझा उम्मेदवारलाई समर्थन गरेको जनाएका छन् । विकसहित उनको पार्टीबाट सयौले वाम गठबन्धन प्रवेश गरेका छन् ।