जनकपुरको अस्पतालमा जन्मियो अनोैठो बच्चा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जनकपुरको अस्पतालमा जन्मियो अनोैठो बच्चा



जनकपुर— जनकपुरको एक अस्पतालमा दुनियालाई चकित पार्ने एक अनोैठो बच्चाको जन्म भएको छ ।

जनकपुरमा रहेको मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहिबार दुई टाउको, चार आँखा, चार कान भएको अनौठो बच्चाको जन्म भएको हो । अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार वैद्यकी २५ वर्षीय श्रीमती सविता वैद्यले अनौठो बच्चाको जन्म दिएकी हुन् ।

डा.रुवी सिंहको टोलीले शल्यक्रिया गरी बच्चालाई पेटबाट निकालेको थियो । जन्मेको एक घण्टापछि नवजात शिशुको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका प्रमुख रामबाबु यादवले बताए ।