युनियन ,सोसाइटी र परिषद्ले महासंघको स्थापना दिवश मनाउने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

युनियन ,सोसाइटी र परिषद्ले महासंघको स्थापना दिवश मनाउने



हिमाल पोस्ट /रुपन्देही, १२ चैत्र ।

रुपन्देहीमा क्रियाशिल पकार सम्बद्ध ३ वटा संगठनको लोकतान्त्रिक गठबन्धनले नेपाल पत्रकार महासंघको स्थापना दिवस संयुक्त रुपमा मनाउने निर्णय गरेका छन ।

नेपाल प्रेस यूनियन रुपन्देही, नेपाल प्रेस सोसाइटी रुपन्देही र संघीय पत्रकार परिषदको संयुक्त लोकतान्त्रिक गठबन्धनको शनिबार बिहान बुटवलमा बसेको संयुक्त बैठकले यहि चैत्र १६ गते पत्रकार महासंघ स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

साथै बैठकले नेपाल पत्रकार महासंघ रुपन्देहीको हालै सम्पन्न अधिबेशनमा निर्वाचन समितिले आफैले त्रुटी गरेको र पुर्वाग्रही भएर एकपक्षीय ढंगले विवादित परिणाम घोषणा गरेको हुँदा त्यसमा संयुक्त लोकतान्त्रिक गठबन्धनको असहमति रहँदै आएको छ ।
यस सन्दर्भमा महासंघको जिल्ला अधिबेशन र निर्वाचन समितिको पुर्वाग्रहपुर्ण निर्णयको बिरुद्धमा नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा हुने सबै कार्यक्रमहरु बहिस्कार गरेका जानकारी गराउँदै गठबन्धनले प्रेस काउन्सिल नेपाललाई संयूक्त रुपमा ज्ञापन पत्र बुझाउने कार्य समेत सम्पन्न गरेको छ ।

निर्वाचन समितिले विवाद समाधान गर्न हालसम्म कुनै सुनुवाई नगरेकाले नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गर्ने कुनैपनि कार्यक्रममा सहभागी हुन नसक्ने जनाउदै तीनवटै संगठनको सहभागिता र ऐक्यवद्धता नरहने व्यहोरा समेत बताएको छ । बैठकमा नेपाल प्रेस यूनियन रुपन्देहीका सभापति विक्रम खड्का, नेपाल प्रेस सोसाइटी रुपन्देहीका अध्यक्ष रमेश पोखरेल,संघीय पत्रकार परिषद रुपन्देहीका केन्द्रिय सचिव सोनु थापा तथा तीनै संगठनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।