एकीकृत राप्रपाको चुनावी अभियान सुरु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एकीकृत राप्रपाको चुनावी अभियान सुरु



भैरहवा : डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मंसिर २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको लागि चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

बुधबार भैरहवामा बसेको बैठक पार्टीका केन्द्रीय सह–महामन्त्री कैलाश गुरुङको संयोजकत्वमा जिल्ला स्तरीय १ हजार १ जना सदस्यीय प्रचार प्रसार समिति गठन गरेको हो ।
सनातन हिन्दु राष्ट्र, राष्ट्रप्रमुखमा राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्ट्रचारमुक्त समाजको निर्माण, हिमाल–पहाड–तराई सबै नेपालीको स्वाभिमानको रक्षा गर्ने, विदेशमा रहेका ४० लाख युवालाई स्वदेशमै रोजगारको व्यवस्था जस्ता प्रतिबद्धताका साथ निर्वाचनमा सहभागी भएको एकीकृत राप्रपा (राष्ट्रवादी)ले चुनावी अभियानलाई तीव्रताका साथ अगाडी बढाउने पार्टी रुपन्देहीका सचिव वि.पी. पाण्डेले बताए ।

पार्टीले रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि जितेन्द्र प्रसाद थारु, प्रदेशसभा १(२) का लागि यागेन्द्र प्रसाद कुर्मी, क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि लक्ष्मी प्रसाद पाठक, प्रदेशसभा २(१) का लागि भुना कुमारी न्यौपाने, क्षेत्र नंं. ३ बाट प्रतिनिधिसभाका लागि कमलराज शर्मा उपाध्याय, प्रदेशसभा ३(१) का लागि ध्रुव नारायण लाल कर्ण, २(२) का लागि दुर्गा बहादुर कार्की, क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि अम्बिकामणि त्रिपाठी, प्रदेशसभा ४(१) का लागि रफिक शाह, क्षेत्र नं. ५ बाट प्रतिनिधिसभाको लागि सूर्यनाथ यादव, प्रदेशसभा ५(१) मा विरेन्द्र कुमार धवल (भोटे भाई) ले उम्मेदवारी दिएको पार्टीले जनाएको छ । पार्टीले चारकुना भित्रको हलो चुनाव चिन्ह लिएर निर्वाचनमा उत्रिएको छ ।