कथा-"अनपर्पोज्ड लभ " - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कथा-“अनपर्पोज्ड लभ “



 समिर प्रकाश पाण्डे 

“खै देखाऊ त हेरौं !”
उनले थोरै नजिक आउदै भनिन।
मैले आफ्नो हातको कुहिनो तिर अर्को हातले इसारा गर्दै भने,
” उ यहाँ… ”
सानो बच्चा झैँ उनको कुरा मानेर सट्टको बाउला थोरै माथि सारि कुहिनोमा लागेको घाउ देखाइ दिँए।

मैले घाउमा रगत जम्मा भए जस्तो भएको थियो। उनले त्यो देख्ने बित्तिकै चिन्तित स्वरमा भनिन ,

“ला….. घाउ नै भएछ!
बाटो कस्तो छ नहेरी बस्यो अनि त..”
मलाइ भन्न मन थियो कि,
“म त तिमीलाई हेर्दै थिएँ” तर सकिन अनि चुपचाप बसी रहेँ केही नबोली।
उनी सिटबाट जुरुक्क उठेर “पख है एक छिन” भन्दै आफ्नो झोला खोल्न थालिन ।म चुपचाप कुहिनोको चोट सुम्सुम्याउदै हेरिरहे ।उ लगत्तै हातमा एउटा गाउँको लोकल तोरीको तेल बोक्दै् अाइपुगि र बोली

“यो लगाउनु पर्छ अनि रगत जम्मा भई निलो डाम बस्दैन ।”

अग्रजहरुले चलाएको नियम रैछ ।कलेजमा पहिलो वर्ष पिक्निक, दोस्रो वर्ष इन्द्रष्टि भिजिट !हामी पहिलो वर्ष काभ्रेको धुलिखेल गएका थियौ ।त्यो वर्षको सुरु भएर होला साथीहरू त्यति नजिक नभैसकेकाले पनि त्यो पिक्निक सम्झनामा मात्र सीमित भयो ,केही फोटाहरू क्यामरामा कैद सम्म हुन भ्याए मात्र !

दोस्रो वर्ष शुरुु हुँदासम्म सबै साथी नजिक हुँदै गयौ ,हाम्रो एउटा ग्रुप बन्यो जसमा हामी ७ जना साथी थियौ।शुक्रवार कलेज सके पछि कहिले कहाँ कहिले कहाँ घुम्ने प्लालान बन्न थाले ।सबै उस्तै ,घुम्ने भने पछि ‘नाँई’ कसैको मुखबाट अाउदैन्थ्यो।यसै बिच कलेजमा टुर जाने कुरा चल्यो र फिक्स पनि भयो काठमाडौँ बाट चितवान हुँदै पहिलो दिन लुम्बिनी बस्ने अर्को दिन बुटवल पाल्पा हुँदै पोखरा अनि काठमाडौँ पाँच दिनको दूर फिक्स भयो । काठमाडौँ बाट यात्रा सुरु भो जाँदै गर्दा बाटोमा खुसी अनि उनका साथीहरू सँगै बसेका थिए ।म अगाडिको सिटमा थिए , यात्रा रमाइलो हुँदै थियो कोही साथीहरू बसको झ्यालबाट प्रकृतिका सुन्दर दृश्यहरू क्यामेरामा कैद गर्नमै बेस्थ देखिन्थे ।

हामी चितवनको टाइम फार्मा , सौरहा जस्ता रमणिय स्थल भ्रमण पछि लुम्बिनीको बाटो तय गर्दै थियौँ। मेरो दिमागमा भने ‘खुसी’ थिई। मलाइ खुसी पट्टि फर्केर हेर्न मन लाग्यो। गुरु जी ले गाडी अगाडि बढाउँदै थिए ,कोही साथी डान्स त कोही गीत गाउदै थिए ।मैले भने नजर उनीहरू तिर घुमाँए। त्यति नै बेला बस दुङ्गामा व ब्रकर कि खाल्डाखुल्डीमा परेछ क्यार मेरो हात झ्यालको डण्डीमा थियो।

ऐया!
ठोक्किन नि नराम्ररी ठोक्कियो!अषाध्यै दुखेर आँसु मात्र झार्न भने सकेेको थिएन। साथीहरू मलाइ हेरेर गलल हाँसेँ तर उ भने अँध्यारो अनुहार पारेर म पट्टि हेरिरहि ,केही बोल्न्न सकिन । दुखाइले रन्थनिएको म चुपचाप त्यही बसी रहेको थिँँए । केही बेरमा उ अर्थात् खुसी मेरो छेउमा आइ पुगी। मेरै सिटको अर्को साईडमा बस्दै उस् भनी,

“धेरै चोट लाग्यो हो?”
मैले केही नभए झैँ थोरै हाँस्दै भने ,
“छैन खासै, अलि अलि मात्र।”
उनले अलिक कडा स्वरमा भनी
“झुट नबोलन, कहाँ ठोक्कियो भन त?” त्यसपछिका कुरा थिए यी सब..

मैले मेरा हात उनी तिर बढाउंदै भनेँ
“खै लेउ म लगाउंछु।”
उनले तेल मलाइ नदिइ मेरो नजिकै आइन अनि भनिन “खै म आफै लगाइ दिन्छु।”
मैले “नाइ” भन्न सकिन। उनले तेल खोलेर मेरो घाउमा हल्का मालिस गरी दिइन । त्यति बेला लुम्बिनी पुग्दा अँध्यारो भैसकेको थियो । म उठेर झोला समाएर अोर्लिन खोजे तर घाउ झनै चर्कियो अनि फेरि थचक्क सिटमा नै बसेर भनेँ,
“तिमी जाऊ, म एक छिन पछि मात्र आउँछु।”
उ केही बोलीन निकै बेर सम्म उभिइ रही मलाइ एकतमास हेरेर।
केही बेरपछी फेरि बोलिन
“तिमी एक्लै के गरेर बस्छौ?, म पनि बस्छु बरु भित्र गएर बसौं न, सरले देख्नु हुन्छ फेरि…. ।”
म उनको कुरालाई स्विकार्दै होटेल भित्र रहेको सानो क्याभिनमा गएर बसें। उनी पनि मेरो पछिपछि आएर मेरो अगाडिको कुर्सीमा बसिन। साथीहरू आफ्नो आफ्नो सुरमा थिए होटेल पहिला नै बुक गरिएको रहेछ ।खाना खाने समय नहुन्जे्ल हामी त्यही बसी रह्यौ र पनि बोलचाल भएन खासै । घरी घरी हामी एक अर्काको अनुहारमा हेर्थ्यौ अनि नजर जुद्धा अफ्ठेरो मान्दै आँखा झुकाउथ्यौं भुईँ तिर।

साथीहरू “खानाखाने हैन ?”

भन्दै बलाउन आए हामी दुवै एकै पटक खाना खान बस्दा सबैले हामीलाई अनौठो तरिकाले हेर्दै हाँस्न थाले। हामी दुवै जना केही नबोली आ-आफ्नो तरिकाले बस्यौं।मलाइ याद छैन म उनलाई कहिले देखि मन पराउथेँ! त्यै दिनहरू देखि म उनलाई माया गर्न थालेको थिएँ मनमनै । कलेज होस या त कलेज बाहिर म उनलाई हेरी रहन्थे। उनी पनि घरीघरी म पटि फर्केर हेरी रहेको देख्थे म मनमा खुसी लाग्थ्यो । उमेर नै कलिलो भएर हो या त हाम्रो स्वभाव त्यस्तै भएर हो हामी एक अर्का सँग खासै कुरा गर्न भने सक्दैनथ्यौं। कहिले काँही फाट्टफुट्ट हामी बोल्ने गर्थ्यौ तर ती कुरा हरू एकदमै सामान्य अनि औपचारिक मात्र हुने गर्थे। तथापि मुखले बोल्ने कुनै जरुरत नै थिएन कहिले काही जुध्ने हाम्रा नजरहरुले नै सबैकुरा बोली दिन्थे।

मैले सपना देखि सकेको थिएँ , उनलाई कुनै दिन आफ्नी जीवन साथी बनाउने। म मनमनै उनलाई आफ्नो बनाएको कल्पना गर्थे मनमा सजाँउथे अनि रमाउँथे। मनमा त्यति धेरै माया भएर पनि मैले कहिले उनलाई भन्न सकिन
“म तिमीलाई माया गर्छु” भनेर। उनी त झन् छोरी मान्छे, उनले भन्ने कुरै भएन।त्यो लभ  मन परेर पनि पर्पोज्ड नै नभई सकियो र पनि सम्झनामा आइरहन्छ।