नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा विद्यालय बन्दसँगै कर्फ्यू - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा विद्यालय बन्दसँगै कर्फ्यू



काठमाडौं- भारतको उत्तर प्रदेशमा शैक्षिक संस्था बन्द गरिएको छ । कोरोना संक्रमणदर बढेपछि सरकारले अप्रिल ३० सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

एक सयभन्दा बढी संक्रमित भेटिएका जिल्लाहरुमा रात्रिकालीन कर्फ्यू लगाउने निर्णय पनि भएको छ । यसअघि लखनउ, कानपुर, गोरखपुर, गौतम बुद्धनगर, इलाहावाद, मेरठ, गजियावाद, बरेली र मुजफ्फरनगर जिल्लामा रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।

प्रदेश सरकारको पछिल्लो निर्णयसँगै अब खुल्ला ठाउँमा १०० जना भन्दा बढी मानिसहरु जम्मा हुन प्रतिबन्ध लागेको बीबीसीले जनाएको छ । बन्द गरिएका स्थानहरुमा हुने कार्यक्रमहरुमा अधिकतम ५० जना उपस्थित हुन पाइने छ ।