बुटवल टुडे अन्तर मिडियाकपको उपाधी बुद्धलाई ,उपविजेता बुटवल टुडे र तेस्रो स्थान सबल नेपाल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बुटवल टुडे अन्तर मिडियाकपको उपाधी बुद्धलाई ,उपविजेता बुटवल टुडे र तेस्रो स्थान सबल नेपाल



हिमाल पोष्ट /बुटवल, १३ मंसिर । 

बुटवलटुडे अन्तर मिडिया भलिबल प्रतियोगिता २०७३ को उपाधि बुद्ध टिभि15226596_1107277109386070_2083641775_nले हात पारेको छ । आज भएको प्रतियोगितामा बुद्धले आयोजक बुटवल टुडे दैनिकलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

बुटवल मण्डपस्थित खेल मैदानमा भएको फाईनल खेलमा आयोजक बुटवल टुडेले पहिलो सेट २५–२२ अंकले हात पार्दै टिमलाई अग्रता दिलाएका थियो । तर त्यो अग्रतालाई निरन्तरता दिन भने बुटवलटुडे सफल भएन । दोस्रो सेटमा बुद्ध खेलमा फर्कियो । दोस्रो सेटमा बुद्धले बुटवलटुडेमाथि २५–११ को जित निकाल्दै बराबरी गरेको थियो ।

बेष्ट अफ फाईभमा खेलाईएको खेलमा बुद्धले लगातार ३ सेटमा जित निकाल्यो । तेस्रो सेट २६–२४ र चौथो सेट २५–२१ ले बुद्धले जित निकाल्दै खेलमा विजयी भएको थियो । उपाधि विजेताले कप, प्रमाणपत्रसहित २५ किलोको खसी उपहार प्राप्त गरेको छ भने उपविजेता रहेको आयोजक बुटवलटुडेले कप, प्रमाणपत्रसहित २० किलोको खसी प्राप्त गरेको छ ।

यसैगरि तेस्रो स्थानका लागि भएको अर्को खेलमा सबल नेपाल साप्ताहिकले तिनाउ एफएममाथि ३–० को सोझो सेटमा जित निकालेको छ । खेलमा सबलले २५–२०, २५–२१, २५–२० को सोझो सेटमा जित हासिल गरेको थियो । तेस्रो स्थान हासिल गर्ने सबलले ५ किलोको भाले उपहार पाएको छ ।

15239288_1107276912719423_634735906_n

प्रतियोगितामा बुद्ध टिभिका गोबिन्द घर्तीमगर उत्कृष्ट खेलाडी घोषित भएका थिए । यसैगरि तिनाउ एफएमबाट उत्कृष्ट खेल प्रदर्शन गरेका महिला खेलाडी सामना पुन उत्कृष्ट डिफेन्स घोषित हुदै पुरस्कृत भएका थिए । आजै नेपाल पत्रकार महासंघ, रुपन्देही शाखा र पुर्व भलिबल खेलाडीहरुका बिचमा मैत्रीपुर्ण प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा महासंघले जित निकालेको खेल संयोजक विश्वास ढकालले बताए ।

एक कार्यक्रमका बिच विजयी, उपविजयी, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारसमेत वितरण गरिएको छ ।

15207850_1107277169386064_854941880_n

रुपन्देही खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्ग, नेपाल पत्रकार महासंघका अध्यक्ष शेर बहादुर केसी, आयोजक बुटवल पब्लिकेशन प्रालिका अध्यक्ष हरि प्रसाद पौडेल, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका उपाध्यक्ष विष्णु कुमार श्रेष्ठ, पब्लिकेशनका प्रवन्ध सम्पादक नवराज कुँवरलगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै पब्लिकेशनका अध्यक्ष पौडेलले पत्रकारबिचमा खेलको माध्यमबाट मैत्रीभाव विकास गर्ने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए । बुद्ध टिभिका अध्यक्ष पृथ्वी फौदार, नेपाल पत्रकार महासंघका सल्लाहकार दीपक ज्ञवाली, कार्यक्रममा संचारिका समुह, लुम्बिनीका अध्यक्ष अमृता अनमोल, राससका भरत केसीलगायतले सधै समाचार लेख्ने पत्रकारहरुलाई प्रतियोगिताले मनोरञ्जन दिनुको साथै भलिबल खेल नियमका बारेमा ज्ञान लिनसमेत सहयोग पुग्ने बताए ।