उपत्यकामा अब माइक्रो नगुड्ने, ठूला बस दौडन्छ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

उपत्यकामा अब माइक्रो नगुड्ने, ठूला बस दौडन्छ



काठमाडौं, ६ माघ । यातायात व्यवस्था विभागले साना सार्वजनिक सवारी साधनलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यकामा सवारी साधानको अत्याधिक चाप बढेसँगै साना सवारीका साटो ठूला बस ल्याउन लागिएको खबर आजको नागरिक दैनिकमा छापेको छ ।

विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न ‘पाईलट प्रोजेक्ट’को रुपमा सिनामंगल – रत्नपार्क – नयाँबसपार्क रुट चल्ने माइक्रोबस तथा टेम्पोलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्न लागेको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए ।

साना सावारीसाधनलाई विकल्पसहित विस्थापित गर्न लागेको र साना सवारी धनीले कम्पनीमार्फत ठूला बस सञ्चालन गर्न पाउने महानिर्देशक श्रेष्ठले बताए ।