उपाध्यायद्वारा मुम्बई र पुणेका नेपाली जनसमुदाय बीच अन्तरक्रिया - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

उपाध्यायद्वारा मुम्बई र पुणेका नेपाली जनसमुदाय बीच अन्तरक्रिया



ईन्द्र कमल जैरु /नयाँ दिल्ली
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतको महाराष्ट्र राज्यको मुम्बाइ र पुणेमा बस्ने नेपाली जनसमूदाय एवं संघ संगठन बीच भेटघाट एवं अन्तरक्रिया गरेका छन । मुम्बई र पुणेको २ दिने भ्रमणका क्रममा राजदूत उपाध्यायले आफ्ना समस्याहरु समाधानका लागि पहिला आफै अगाडि बढ्नु पर्ने धारणा राखे ।

मुम्बईस्थित नेपाली सांस्कृतिक महिला समुहलगायतका संघ संगठनका प्रतिनिधि, बुद्धिजिबि,पत्रकार र सर्वसाधारणलाई सम्बोधन गर्दै राजदूत उपाध्यायले भने ´अधिकार प्राप्तिका लागि आवाज उठाउनु पर्यो, त्यो आवाजलाई नेपाल सरकारसम्म पुर्याउन म पहल गर्नेछु ।` भेटघाटका क्रममा विभिन्न संघ संगठनले राजदूत उपाध्यायलाई आफ्ना समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । प्रवासी नेपाली समस्याका बारेमा आफुलाई जानकारी भएको भन्दै त्यसको समाधानका लागि प्रयासरत रहेको राजदूत उपाध्यायले बताए ।

सोहि क्रममा  राजदूत उपाध्यायले आइतबार साझ पुणेमा बस्ने नेपाली जनसमुदायलाई पनि सम्बोधन गरेका थिए ।