उपेन्द्रलाई फेरी झट्का जनजाती नेता बाहिरिने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

उपेन्द्रलाई फेरी झट्का जनजाती नेता बाहिरिने



हिमाल पोष्ट / ८ माघ, काठमाडौं । संघीय गठबन्धन फुटको संघारमा पुगेको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा रहेको गठबन्धनबाट आदिवासी जनजातिसम्बद्ध नेताहरुले औपचारिक रुपमै बाहिरिने प्रस्ताव गरेका छन् ।

गठबन्धनमा आवद्ध आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका नेता डा. ओम गुरुङले बिहीबारको वैठकमा यस्तो प्रस्ताव राखेका हुन् । गुरुङ गठबन्धनका प्रवक्ता समेत हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

 

संघीय गठबन्धन र नयाँ शक्ति पार्टीको बिहीबारको संयुक्त वैठकमा गुरुङले अबदेखि आदिवासी र जनजातिहरु संघीय गठबन्धनमा बस्न नसक्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई गठबन्धनका अध्यक्ष यादवले भने अस्वीकार गर्दै मिलेर जान आग्रह गरे ।