उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने सिके राउतको घोषणा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने सिके राउतको घोषणा



काठमाडौं– जसपा अध्यक्ष उपेन्द्र यादवलाई यसपटकको निर्वचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले चुनौती दिमे भएका छन् ।

उपेन्द्रको निर्वाचन क्षेत्र सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनावमा जनमतका अध्यक्ष राउतले चुनाव लड्ने घोषणा गरेका छन्।

जनमत पार्टीको केन्द्रीय कमिटी बैठकले राउतलाई उक्त क्षेत्रमा चुनाव लडाउने निर्णय गरेको नेता बिपी साहले जानकारी दिएका छन् ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष राउतलाई उक्त क्षेत्रबाट प्रतिष्पर्धा गराउने तय गरेको हो।

क्षेत्र नम्बर २ बाट गत निर्वाचनमा जसपा अध्यक्ष यादव निर्वाचित भएका थिए। यादवले सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहँदा राउतले उनलाई चुनौती दिने भएका हुन्।

स्थानीय तहको निर्वाचनमा पनि जनमत पार्टीले यश क्षेत्रमा राम्रो मत ल्याएको थियो ।

राउतको घर भएको महादेवा गाउँपालिकाको वडानम्बर-२ मा जनमत विजयी भएको थियो। उनको गृहपालिकामा भने लोकतान्त्रिक समाजावादी पार्टी विजयी भएको छ।

स्थानीय तह निर्वाचनको परिणामअनुसार उक्त पालिकामा जसपा कमजोर देखिएको छ ।

अर्को छिन्नमस्ता गाउँपालिकामा पनि लोसपाले जितेको छ। जसपाले सदरमुकाम राजविराज नगरपालिका मात्रै जितेको छ।

अर्को पालिका तिलाठी-कोइलाडी गाउँपालिकामा कांग्रेस विजयी भएको छ।