अब कांग्रेस कार्यकर्ताले उपेन्द्रविरुद्ध बोल्न र लेख्न नपाइने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अब कांग्रेस कार्यकर्ताले उपेन्द्रविरुद्ध बोल्न र लेख्न नपाइने



काठमाडौं । नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवार उपेन्द्र यादविरुद्ध बोल्ने लेख्ने कार्कर्तालाई कारबाही गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेससहित सत्ता गठबन्धनबाट साझा उम्मेदवार यादवलाई सघाएको भन्दै कार्यकर्तामाझ असन्तुष्टि बढिरहेका बेला जिल्ला कार्य समितिले उक्त निर्णय गरेको हो ।

कांग्रेस जिल्ला कार्यसमिति बाराका सचिवद्वय भैयराम यादव र राजेश रौनियारले विज्ञप्ति निकालेर यस्तो निर्णय भएको बताएका छन् । उनीहरुले जिल्ला कार्य समितिको तर्फबाट सार्वजनिक विज्ञप्तिको दोस्रो नम्बरको निर्णयमा यादवबारे उल्लेख छ ।

जसमा यादवविरुद्ध सामाजिक सञ्जाल, फोन कल तथा सार्वजनिक अभिव्यक्ति जस्ता कुनै पनि अभिव्यक्ति दिनेलाई पार्टी विधानअनुसार कारबाही गरिने उल्लेख छ ।