उपेन्द्र यादवको जसपा फेरि विभाजनको तयारीमा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

उपेन्द्र यादवको जसपा फेरि विभाजनको तयारीमा



काठमाडौं- जनता समाजवादी पार्टी जसपा फेरि फुटको संघारमा पोगेको चर्चा हुन थालेको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामले पार्टीमा उथलपुथल ल्याएको नेताहरूले बताएका छन् ।

अध्यक्ष उपेन्द्र यादव पराजित भएर संघीय परिषद् अध्यक्ष अशोक राई निर्वाचित भएपछि पार्टीमा ठूलो संकट आएको बताइएको छ । जसपाको आन्तरिक शक्ति सन्तुलन समेत प्रभावित बनेको बताइएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा सत्तारुढ गठबन्धन छोडेर नेकपा एमालेसँग तालमेल गर्न पुगेको जसपालाई एमालेसँगको तालमेल र त्यसबाट भएको सफलता या असफलताले असर पारेको बताइन्छ ।

एकातिर अध्यक्ष यादवले एमालेले निर्वाचनमा धोका दिएको निष्कर्ष निकालेका छन् भने संघीय परिषद् अध्यक्ष राई भने एमालेले तालमेलमा इमानदार बनेको बताएका छन् । तालमेलमा धोका भएको निष्कर्षमा पुगेका अध्यक्ष यादव एमालेसँगको सहकार्य सकिएको सार्वजनिक घोषणा समेत गरिसकेका छन्

यता राई भने एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने पक्षमा छन्। राईले पार्टीका अध्यक्षको अभिव्यक्तिलाई समेत आधिकारिक होइन भन्ने थालेका छन् । ‘अध्यक्षले बोलेको विषय पार्टीको आधिकारिक धारणा होइन’ राईले खण्डन गरेका छन् ।

एमालेसँग सहकार्यको सन्दर्भमा यादव र राईबीच देखिएको मतभेद जसपाभित्र तल्लो तहसम्म नै देखिन्छ । विशेषगरी अशोक खेमाले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने अडान लिएपछि यस्तो अवस्था बनेको हो । यादव पक्षका नेताहरूले अशोक राई एमालेमै फर्कन चाहेको आरोप समेत लगाएका छन् ।

खासगरी अब बन्ने सरकारमा सहभागी हुने या नहुने भन्ने विषयले समेत जसपामा दरार उत्पन्न गराएको छ । उपेन्द्र पुरानै गठबन्धनसँग मिलेर सरकारमा सहभागी हुन चाहन्छन् तर अशोक राई त्यसको पक्षमा खुलेको देखिन्नन् ।

अध्यक्ष पराजित हुँदा निर्वाचन जितेका अशोक आफू नै संसदीय दलको नेता बन्ने र सरकारमा सहभागी हुने उनको चाहना राखेका छन् । तर, उपेन्द्र समूह भने अशोकलाई संसदीय दलको नेता बनाउन चाहन्न।

जसपाले ल्याएको सिट अनुसार सरकार गठनमा राम्रै भूमिका खेल्न सक्ने देखिन्छ । निर्वाचनपछि अशोक राईका गतिविधिबाट उपेन्द्र सशंकित बनेका छन् ।

उपेन्द्र समूहका एक नेताका अनुसार अशोक राई सके पार्टी कब्जा गर्ने, नसके समूह लिएर बाहिरिने र एमालेसँग मिल्ने तयारीमा रहेका छन्।