स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई लाज लाग्दैन ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई लाज लाग्दैन ?



काठमाडौं। स्वास्थ्यमन्त्री बनेपस्चात उपेन्द्र यादवले आफ्नो कार्यकालको करिव आधा समय विदेशमै बिताएका छन् । मन्त्रालयका अनुसार एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश भ्रमणमा गएका छन् ।

पुरै देश डेंगी रोगले आक्रान्त छ तर उनलाई विदेश भ्रमणकै चटारो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए ।

यादव दुई साताअघि भारत भ्रमणमा ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ । तर यादव भने मतलव नै नगरी भ्रमणमै जना आतुर छन् । त्यो पनि दुई साताको लागि ।

स्वास्थ्य क्षेत्रमा कुनै उल्लेख्य कामको त आशा नै नगरौं तर जब देश डेंगी र इक्रबटाइफसको महामारीमा फसेको बेला पनि उनले विदेश सयर गरेरै रमिता हेरिरहेका छन् । यस्तो जोखिमको समयमा पनि उनि १४ दिनको लागी अमेरिका भ्रमण जाँदैछन् भने उनि कति गैरजिम्मेवार होलान अनुमान गर्न सकिन्छ ।

मन्त्रालयका सहसचिवस्तरका कर्मचारी सहभागी भए हुने कार्यक्रममा पनि मन्त्री यादव आफैं जाने गरेको तथ्य फेला परेको छ । उनलाई देशमा फैलिएका विभिन्न रोगबाट नागरिकको स्वास्थ्य जोखिमका परेकाप्रति कुनै प्रवाह नरहेको र केवल विदेश सयरमा मात्र ध्यान रहेको मन्त्रालयका उच्च अधिकारीको गुनासो छ ।

मन्त्री बनेयता पटकपटक विदेश गएकाले उनलाई ‘डुलुवामन्त्री’ भनेर पनि चिन्छन् मन्त्रालयका कर्मचारी । उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेदेखि अहिलेसम्म गन्नै नसकिनेगरी विदेश भ्रमण गरिसकेका छन् ।

एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको मन्त्रालय स्रोतको भनाइ छ । लन्डन, टर्कीको आनटल्या, कजकास्तानको अस्तानामा, जेनेभा र भारतमा आयोजना गरिएका स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा उनले सहभागिता जनाएका छन् ।

यसरी देश आक्रान्त हुँदापनि लाजै हुनेगरी विदेश भ्रमणमै रमाउने स्वास्थ्यमन्त्री पाउँदा हामे जनतालाई त लाज भैसक्यो, के उपेन्द्र यादव लाई लाजै लाग्दैन ?