उपेन्द्र यादवसँग प्रधानमन्त्री 'फायर', सरकार छाड्न सल्लाह - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

उपेन्द्र यादवसँग प्रधानमन्त्री ‘फायर’, सरकार छाड्न सल्लाह



काठमाडौं- समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवसँग प्रधानमन्त्री केपी शर्मा ओली फायर भएका छन् । लामो समयदेखि मन्त्री यादवको कार्यशैली नियालीरहेका प्रधानमन्त्री यतिबेला भने विकल्प खोज्ने अवस्थामा पुगेका छन् ।

मन्त्रीहरूकै कारणले सरकारको तिब्र आलोचना भैरहेको बेला प्रधानमन्त्री ओलीको सक्रियता र पछिल्ला कदमले अब केहि हुन्छ भन्ने आशा पलाउने आधार बनेका छन् । यादवले विभागीय जिम्मेवारी पूरा नगरेको, कर्मचारी समायोजन नटुंग्याएको, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा नयाँ नीति ल्याउन नसकेका जस्ता विषयले प्रधानमन्त्री ओली असन्तुष्ट भएका हुन्।

आफूले काम नगर्ने र जवाफदेहिता नभएका उपेन्द्र यादवले सरकारकै बिरोध गर्ने गरेकोले प्रधानमन्त्रीले उनको विकल्प खोज्ने तयारी गरेका हुन् । सरकारमै बसेर यहि सरकारको बिरोध गरेको र उपन्द्र यादवले आफ्नो काम नगरेकोले उनलाई आफ्नो विकल्प खोज्न समेत प्रधानमन्त्रीले निर्देशन दिएको बुझिएको छ। यसबारे यादवले पनि छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री ओलीले सरकार नै छाड्न घुमाउरो पाराले निर्देशन दिएको स्रोतले बताएको छ । सरकारमा बसेर सरकारलाई नै असहयोग गरेको निष्कर्ष निकाल्दै यादव भारतीयहरूको डिजाइनमा चलेको जस्तो देखिने गरेकोले यस्तो निष्कर्षमा पुगेको स्रोत बताउँछ ।

मन्त्री भएपश्चात २ दर्जन भन्दा बढी पटक विदेश भ्रमण गैसकेका यादव आफ्नो काममा सिरियस छैनन् भन्ने थुप्रै उदाहरण छन् ।आधारभूत स्वास्थ्यसम्बन्धी नयाँ नीति ल्याउन निर्देशन दिँदा पनि यादवले ल्याउन नसकेकोमा प्रधानमन्त्री ओली ब्यापक असन्तुष्ट छन् ।