उपेन्द्र यादवलाई सरकारबाट हटाउन प्रधानमन्त्रीलाई दवाव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

उपेन्द्र यादवलाई सरकारबाट हटाउन प्रधानमन्त्रीलाई दवाव



काठमाडौं- केपी ओली सरकारका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट तत्काल हटाउनुपर्ने आवाज उठेको छ ।

सरकारले संविधान दिवस मनाउने भब्य तयारी गरिरहेकाबेला उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले संविधान दिवस नमनाउने निर्णय गरेपछि उनलाई सरकारमा बस्ने नैतिक अधिकार नभएको भन्दै यस्तो आवाज उठेको हो ।

यहि संविधानको जगमा बनेको सरकारको उपप्रधानमन्त्री जस्तो पदमा बसेर संबिधान र सरकार बिरोधि गतिबिधि गरेको भन्दै नेकपा भित्रै पनि यो आवाज बुलन्द बन्दै गैरहेको छ । यादवको पार्टीको निर्णयले नेकपाभित्र बिरोधको बिगुल फुकेको स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालमा समेत संविधानअनुसार मन्त्री पद र अन्य सुविधा लिने तर, त्यही संविधानको दिवस नमनाउने निर्णय गर्ने समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवलाई मन्त्री पदबाट हटाउन माग उठेको छ ।

सामाजिक सञ्जालमा समाजवादी पार्टीलाई छिटोभन्दा छिटो सरकारबाट हटाउन प्रधानमन्त्रीलाई सुझाव समेत दिइएको छ ।

सरकारमा बसेर हात चाट्ने, संबिधान मान्दिन भनेर जनतालाई पनि ढाँट्ने भन्दै उनको आलोचना समेत भएको छ ।

सरकारले तीन दिनसम्म दिवसलाई उल्लासपूर्ण रुपमा मनाउन अपील गरेको छ । आफ्नै सरकारको अपीललाई लत्याउँदै यादवले संविधान दिवस नमनाउने निर्णय गरेका हुन् ।