उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई नैतिकता सिकाएपछि... - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई नैतिकता सिकाएपछि…




जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीलाई नैतिकता सिकाएका छन् । यादवले ओलीले सरकारमा बस्ने नैतिकता गुमाइसकेको समेत बताएका छन् ।

रौतहटको एक कार्यक्रमा यादवले प्रदेश सरकारको सबै अधिकार कटौती गर्ने नेकपाको सरकारविरुद्ध अर्को आन्दोलन गर्नुपर्ने उनले बताए ।

देवाही गोनाही नगरपालिकामा सोमबार आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा यादवले भने, ‘आफैँले निर्माण गरेको संविधान उल्टाउनु र सरकारको नेतृत्व गर्नु प्रधानमन्त्री ओलीको नैतिकताले दिँदैन ।’

प्रदेश सरकारको सबै अधिकार कटौती गर्ने नेकपाको सरकारविरुद्ध अर्को आन्दोलन गर्नुपर्ने उनले बताए । अधिकार र पहिचानको लागि फेरि अर्को आन्दोलनको आवश्यकता रहेको र जनता समाजवादी पार्टी नेतृत्व लिन तयार रहेको उनको भनाइ छ ।

नेता राजकिशोर यादवले इतिहासको हरेक आन्दोलनमा रौतहटका जनताको अग्रणी भूमिका रहेको बताउँदै अधिकारको लडाइँमा साथ दिन आग्रह गरेका थिए ।

कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र यादवले नेकपा सरकारले मधेसी जनताको आँखामा छारो हालिरहेकाले सजग रहनुपर्ने बताएका थिए । मधेस र मधेसीको हक अधिकार दिलाउने एक मात्र पार्टी जसपा रहेको मन्त्री यादवको दाबी छ ।