उपेन्द्र यादव उपराष्ट्रपति बन्ने पक्का - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

उपेन्द्र यादव उपराष्ट्रपति बन्ने पक्का



उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) लाई सघाउने आठ दलबीच सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकले जसपालाई दिने सहमति गरेको हो। आठ दलको बैठकबारे जानकारी दिँदै जसपा अध्यक्ष उपेन्द्र यादवले भने, “राष्ट्रपतिमा कांग्रेसलाई र उपराष्ट्रपतिमा जसपाका उम्मेदवारलाई सघाउने सहमति भएको छ।”

आठ दलको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनतम पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी रहेका थिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपालाई दिनुपर्ने प्रस्ताव गरेका थिए। त्यसलाई आठै दलका नेताहरूले समर्थन जनाएका हुन्।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदै छ। त्यसका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।