उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु पर्दैन :उर्जा मन्त्री शर्मा - Himal Post Himal Post
  • ७ चैत्र २०७९, मंगलवार
  •      Tue Mar 21 2023

उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु पर्दैन :उर्जा मन्त्री शर्मा



हिमाल पोष्ट/भक्तपुर, १३ मंसिर ।

उर्जा मन्त्री जनार्दन शर्माले अब उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु नपर्ने बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै उनले उपत्यका भित्र देखिएको बिद्युत चुहावट र आफ्नो मन्त्रालका कर्मचारीहरुले लोडसेडिङ्ग चुहावटमा देखाएको नियन्त्रणका साथै ब्यक्तिगत लाभ भन्दा जनहितका लागि काम गरिरहेकाले अब उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु नपर्ने बताएका हुन् ।

उपत्यकाभित्र लोडसेडिङ्ग अन्त्य गर्दै देशैभर यस अभियानलाई सञ्चालन दिने तयारीका साथै बिद्युत उत्पादनको सुरुवातका साथै सम्भाव्य क्षेत्रको पहिचान गरि काम गर्न सके नेपालले लोडसेडिङ्को अन्त्य गर्न सकिने उनले बताए ।

मन्त्री शर्माले राष्ट्र समृद्ध बनाउन उर्जा क्षेत्रको बिकास अनिवार्य रहेको र सानो लोडसेडिङले हरेक क्षेत्रमा देखिएको परिवर्तनलाई आत्मसाथ गरि अब उर्जा क्षेत्रको बिकासमा हरेक क्षेत्र लाग्नु पर्नेमा पनि जोड दिए ।

त्यस्तै स्थानिय तहको निर्वाचन अब कसैले चाहेर पनि रोक्न नसक्ने भन्दै यदि निर्वाचन रोकिए राजनीतिक संकट देखा पर्नुका साथै नेपाल र नेपालीले पाएको उपलब्धिहरु समेत संकटमा पर्ने उनकोे टिप्पणी छ ।

संबिधान संशोधनको गरि सर्वस्वीकार्य बनाउने अभियमानमा वर्तमान सरकार लागि परेको र यसका लागि प्रधानमन्त्रीले प्रतिपक्ष सँग निरन्तर छलफलमा लागिरहको भन्दै प्रतिपक्षले समेत संबिधान संशोधनमा आफ्नो भूमिका प्रदर्शन गर्दै निकास तर्फ अग्रसर हुुनु पर्नेमा उनले जोड दिए ।

एमालेले समेत राजनीतिक हठ त्यागी संबिधान संशोधनमा आउनु पर्ने र सहमतीय राजनीतिलाई निरन्तरता दिँदै संबिधान कार्यान्वयनको पाटोलाई सघाउनु पर्ने भन्दै शर्माले राष्ट्रलाई फाईदा पुग्ने गरि संबिधान संशोधन गरि कार्यान्वयन तर्फ जटिलता देखिने भएकाले एमालेले यस तर्फ सहमती जनाउने तर्क उनको थियो ।

मन्त्री शर्माले नेपालमा बैदेशीक हस्तक्षेप उर्जामा मात्र लाग्छ भन्नु भन्दा पनि हस्तक्षेप भए त्यो देशमै लागू हुने दावी समेत गरेका छन्् ।