कोरोना सङ्क्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोना सङ्क्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु



काठमाडौं- अमेरिकामा एक नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अमेरिकाको न्यूयोर्क शहरमा एक नेपालीको मृत्यु भएको हो । उनी एक हप्ता देखि अस्पतालमा उपचार गराइरहेका थिए ।

पाँचथर रानीगाउँका ५० वर्षीय अनिल लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई कोरोनाको संक्रमण देखिएको थियो ।

न्युयोर्कस्थित जनसम्पर्क समितिका एक प्रतिनिधिले लिम्बुको मृत्यु कोरोनाकै कारण भएको जनाएका छन् ।

अमेरिकामा कोरोना संक्रमणबाट ५८२ जनाको मृत्यु भइसकेको छ ।