भारतीय चर्चित अभिनेत्री वैशालीले गरिन् आत्महत्या - Himal Post Himal Post
  • १७ मंसिर २०७९, शनिबार
  •      Sat Dec 3 2022

भारतीय चर्चित अभिनेत्री वैशालीले गरिन् आत्महत्या



काठमाडौं- भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् ।

पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ ।

तर आत्महत्याको कारण चाहिं खुल्न सकेको छैन । पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर भइरहेका थिए, जहाँ उनी खुसी देखिन्थिन् ।

चर्चित टीभी सिरिज ‘ए रिस्ता क्या कहलता हैं’बाट उनले अभिनय करिअर थालेकी थिइन् । अर्को चर्चित सिरियल ‘ससुराल सिमरका’मा उनले अभिनय गरेको अञ्जली भारद्वाज चरित्र हिट भएको थियो ।