भारत–पाकिस्तान भिडन्तमा गोली चल्दा ७ जनाको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारत–पाकिस्तान भिडन्तमा गोली चल्दा ७ जनाको मृत्यु



असार २५ ।

भारत र पाकिस्तानको सीमा क्षेत्रमा रहेको नियन्त्रण रेखामा गोली चल्दा सातजनाको ज्यान गएको छ । गोली हानाहानमा सातजनाको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानको चिडी कोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित चारजनाको ज्यान गएको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै शनिबार नै नकयाल सेक्टरमा भारतीय सेनाको गोली लागेर अर्की एक महिलाको पनि ज्यान गएको छ ।

यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको भारतीय अधिकारीले बताएका छन् । एक वर्षअघि भारत प्रशासित काश्मिरमा हिज्जबुल मुजाहिदिनका कमाण्डर बुरहान बानीको प्रहरीको गोली लागेर ज्यान गएपछि काश्मिरमा तनाव भइरहेको छ । बानीको ज्यान गएको एक वर्ष पूरा भएकोमा काश्मिरमा हड्ताल भइरहेका बेला शनिबार नियन्त्रण रेखामा गोली चलेको हो ।

काश्मिरमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका छन् । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । शनिबार दिनभर काश्मिरका विभिन्न ठाउँमा प्रदर्शन तथा झडप भएको छ । त्यसक्रममा धेरै घाइते भएका छन् । घाइते हुनेमा तीन सुरक्षाकर्मी पनि रहेको सरकारी अधिकारीले बताएका छन् ।