वरुण धवनको पारिश्रमिक ३३ करोड ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

वरुण धवनको पारिश्रमिक ३३ करोड !



मुम्बई । विगत सात वर्षदेखि हिट फिल्म दिँदै आएका बलिउड अभिनेता वरुण धवनलाई एकपछि अर्को फिल्मको प्रस्ताव आएपछि उनले राम्रा फिल्म मात्र गर्ने भएका छन् । यसैबीच उनले आफ्नो पारिश्रमिक पनि करिब दोब्बरले बढाएका छन् । यसअघि एउटा फिल्ममा १८ करोड भारतीय रुपैयाँ लिएका यी अभिनेताले अहिले आफ्नो पारिश्रमिक बढाएर ३३ करोड पु¥याएका छन् ।

निर्देशक रेमो डिसुजाको नयाँ फिल्म ‘स्ट्रिट डान्सर’ थ्रीडीका लागि उनले यो पारिश्रमिक बढाएका हुन् । वरुणले यो फिल्मका लागि ६ महिनाभन्दा बढी समय नियमित रूपमा डान्सको विशेष क्लास लिनुपरेको थियो । ४० करोडमा यो फिल्ममा काम गर्ने भनिए पनि उनले ३३ करोडमा यो फिल्म खेलेका छन् । अहिले फिल्मको छायांकन चरिहेको छ । आफूहरूले यो फिल्ममा अभिनेता वरुणलाई ३३ करोड भारतीय रुपैयाँ दिएको निर्देशक डिसुजाले नै खुलासा गरेका छन् । यो फिल्म पूर्ण नृत्यप्रधान छ । यो फिल्ममा अभिनेत्री श्रद्धा कपुर र वरुण मुख्य भूमिकामा छन् ।

यसअघि एबीसीडी– २ मा पनि वरुण र श्रद्धाको जोडी जमेको थियो । एबीसीडी २ सुपर हिट भएको थियो । अघिल्लो फिल्म ‘कलंक’ फ्लप भएर केही सुस्ताएका वरुण फेरि फिल्म स्ट्रिट डान्सरका कारण चर्चामा छन् । यो फिल्म आगामी पुसमा रिलिज हुने भएको छ । अहिले यो फिल्मको सुटिङ चलिरहेको छ ।