दशैँमा भायानेटको कोशेली: 'बडा दशैंमा बडा टिभी अफर' - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दशैँमा भायानेटको कोशेली: ‘बडा दशैंमा बडा टिभी अफर’



काठमाडौं- भायानेट कम्युनिकेसनले बडा दशैंमा बडा टिभी अफर ल्याएको छ । जस अन्तर्गत बजार मूल्यभन्दा ३५ प्रतिशत सस्तोमा टिभी पाइने छ ।

विगत २० वर्षदेखि व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इन्टरनेटको उत्कृष्ट सेवा प्रदान गर्दै आएको भायानेटले यस वर्षको आफ्नो चाडपर्वको अफर “भायानेट बडा दशैंमा बडा टिभी” आफ्ना ग्राहकहरुका लागि ल्याएको हो ।

कम्पनीका अनुसार नेपालीहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा “भायानेट बडा दशैंमा बडा टिभी” नामक योजनामा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भौचर प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले ४३ इन्चको स्काईवर्थ एलईडी टिभीको साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु. ४१ हजार ९ सय ९० रुपियाँमा प्राप्त गर्नेछन् ।

३२ इन्चको स्काईवर्थ एलईडी टिभीको साथ ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र रु. २८ हजार ९ सय ९० रुपियाँमा प्राप्त गर्नेछन् । यति मात्र होइन, यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको ६ सय ५० रुपियाँसम्मको क्यास भौउचर प्रदान गर्दैछ, भने पुराना ग्राहकहरुले थप ६ सय रुपियाँसम्मको छुट पनि प्राप्त गर्नेछन् ।

भायानेटको दावी छ कि ग्राहकहरुले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५ प्रतिशतभन्दा बढीको छुट पाउने छन् । भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने एलईडी टिभीको फिचरको मजा लिन सकिनेछ ।

भायानेट आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि मात्र होइन ग्राहकहरुलाई केही विशेष प्रदान गर्नको लागि सधैं लागिपरेको हुन्छ । यस अफरका साथ भायानेटले यो चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुशी बाँड्न र रोमाञ्च प्रदान गर्न खोजेको छ ।