भायनेटको ‘जूम भिडियो कन्फ्रेन्सिङ एपको अफर’ सार्वजनिक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भायनेटको ‘जूम भिडियो कन्फ्रेन्सिङ एपको अफर’ सार्वजनिक



काठमाडौं- इन्टरनेट प्रदायक कम्पनी भायनेटले ‘जूम भिडियो कन्फ्रेन्सिङ एपको अफर’ ल्याएको छ ।

जूमकोे भिडियो कन्फेरेन्सिङ एपले यो लकडाउन र सामाजिक दूरीको समयमा व्यापक लोकप्रियता कमाइरहेको बेलामा अहिलेको आवश्यकतालाई बुझेर, भायानेटले नेपालको लागि जूमको आधिकारिक रिसेलर जिनिज् सोलुशनसँग साझेदारी गर्दै जूमको पेड सदस्यता अफर ल्याएको हो ।

भायानेटका ग्राहकहरुले भायानेट मार्फत् जूमको सदस्यता लिंदा विशेष छुट प्राप्त गर्न गर्नेछन् । नेपालभरि फैलिरहको कोभिड–१९ का कारण सबै संगठन र संस्थानहरु अहिले जूम जस्ता भिडियो कन्फ्रेन्सिङ र मिटिङ्ग एपमार्फत् आफ्नो दैनिक कार्य संचालन गरिरहेका छन् ।

एपको पेड भर्जनले व्यक्ति र संघ–संस्थालाई महामारीको दौरान र पछि आफ्नो कार्यहरु सजिलै संचालन गर्न उल्लेखनीय फाइदा र सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पेड सदस्यताहरुले २४ सै घण्टा गु्रप मिटिङ (अनपेडमा ४० मिनेट मात्र), होस्टले १००० सदस्यभन्दा बढी सदस्यमा अपग्रेड गर्नसक्ने वा १०,००० जना उपस्थित भएर हेर्न मात्र मिल्ने र स्पीच–टु–टेक्स्ड ट्रान्सक्रीप्शनद्वारा मिटिङको बुँदाहरु स्वतः उत्पादन हुने सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।