नेपाल र नेपाली जनताको हितविपरीत कुनै पनि क्रियाकलाप नगर्न विद्यार्थीहरुको आग्रह - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

नेपाल र नेपाली जनताको हितविपरीत कुनै पनि क्रियाकलाप नगर्न विद्यार्थीहरुको आग्रह



२७ भदौ, काठमाडौं । बिभिन्न दल निकट विद्यार्थी नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हितविपरीत कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेका छन् ।

आठ विद्यार्थी संगठनका नेताहरुले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर सो आग्रह गरेका हुन् ।

त्यसअघि बागबजारमा बसेको आठ विद्यार्थी संगठनको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई फलदायी र उपलब्धिमूलक बनाउन सुझावसमेत दिएको थियो ।

विद्यार्थी संगठनहरुले शैक्षिक प्रमाणपत्रका आधारका ‘शैक्षिक ऋण’ कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन, निर्धारित मितिमै स्ववियु निर्वाचन गराउन र नेपाली भाषामा भित्रिएको नयाँ वर्णविन्यासको विवाद अन्त्य गर्नुपर्ने लगायत माग समेत गरेका छन् ।