सामाजिक सञ्जालमा 'भाईरल र काण्ड'को खेती: राख्नेलाई भन्दा हेर्नेलाई लाज - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सामाजिक सञ्जालमा ‘भाईरल र काण्ड’को खेती: राख्नेलाई भन्दा हेर्नेलाई लाज



-कृष्ण भट्टराई

पछिल्लो समय नेपालमा केहि सब्दहरु व्यापक चलन चल्तिमा छन्, ति मध्यमा प्रमुख दुई शब्द भाईरल र काण्ड हुन् । दिनै पिच्छै हाम्रो समाजमा बिभिन्न व्यत्ति र घटनाहरु भाईरल बनेर कान्ड बनिरहेका छन् ।

पछिल्लो समय नेपालमा युट्युब र सामाजिक सञ्जालहरु पनि यस्तै काण्डै काण्ड र भाईरल कुराहरुले भरिएका छन् ।

कति सम्म भने मंशिर १२ गते नेपालको युट्युबमा ट्रेन्डिङ्ग नम्बर १,२ र ३ मा नै बिभिन्न फरक फरक च्यानलहरुको लिएको इलामका ६७ बर्षिय बृद्ध र २१ वर्षीय युवतीको भाईरल जोडीको अन्तरबार्ताको भिडीयो थियो । यसबाट पनि हामि कस्ता कुरा तर्फ आकर्षित भइरहेका छौं भन्ने बुझिन्छ ।

युट्युब ट्रेन्डिङ्गको एउटा उदाहरण

समाजमा लागि कुनै सुचना कति आवश्यक छ भन्दा पनि दर्शक वा भ्युअरहरुको ध्यान कुन कुराले तान्न सकिन्छ भन्ने तर्फ बढि केन्द्रित भए जस्तो देखिन्छ युट्युबरहरु ।

कतिपय सामाग्रिहरु हेर्दा यस्तो लाग्छ यहाँ मानिसका पिडा र भावनाको व्यापार भईरहेको छ । सामान्य मानिसका पिडाको खेति गरेर कतिपयले लाखौ रुपैया कमाई रहेका छन् । यद्यपि यो कुरा सबै युटुबरहरुको हकमा भने लागु हुदैन ।

नेपालमा कतिपय यस्ता युटुबरहरु र सामाजिक सञ्जालका समुहहरु छन् जसले नेपाली समाजलाई बिभिन्न ढंगले योगदान पुर्याइरहेका छन् भने कतिपयले खाली आफ्नो भ्युअर बढाउनका लागि मात्र जस्ता पनि बिषय बस्तुहरुलाई समाबेस गरिरहेका छन् अझ भन्दा उच्छृङ्खलता, अमानवियता र गैरसामाजिक बिषयबस्तुहरु लाई स्थान दिईरहेको देखिन्छ ।

त्यतीमात्र होईन भित्र भिडियोमा एउटा बिषय बस्तु हुन्छ अनि बाहिर हेडिङ्गमा अर्को, यिनको उद्देश्य केबल भ्युअर बढायर पैसा कमाउने मात्र हुन्छ ।

कतिपय युट्युब च्यानलहरुले त झन् कुनै पनि बिषयबस्तुमा त्यस बिषय संग सम्बन्धित नै नभएका उच्छृङ्खल र उत्तेजित अभिव्यत्ति दिने मानिसहरुको अन्तरवार्ता लिएर आफ्नो व्यसाय चलाइरहेका छन् ।

अन्तरवार्ताहरुमा बिभिन्न नेता र कर्मचारीहरुलाई खुलेआम गालीका बर्षा गर्ने त्यस्ता व्यत्तिहरुको न समाजमा कुनै योगदान गरेका हुन्छन् न कुनै काम गरेका हुन्छन् ।

आफुलाई कुनै क्षेत्र वा बिषयबस्तुमा अब्बल साबित गरेका र आफुलाई प्रमाणित गरेका मानिसले अरुमाथी औला उठाउनु सहि मान्न सकिएला तर आफुले देश र समाजका लागि सिन्को पनि नभाचेका व्यक्तिले मानौ आफुले अरुको बिरोध र अरुलाई गाली गर्नमै बिद्याबारीधी गरेका हौ भने जसरी फलाकी रहेका हुन्छन् ।

त्यस्तै अभिव्यत्ति दिनेहरुलाई नै फेरी कतिपय युट्युब च्यानलहरु र अनलाईनहरुले महत्वका साथ अन्तरवार्ता लिईरहेका हुन्छन् ।

पछिल्लो समय नेपालमा युट्युब च्यानलहरुलाई सञ्चार माध्यम मान्ने की नमान्ने भन्ने बिषय एकदमै चर्चाको बिषय बनिरहेको छ । सञ्चार माध्यामको सामान्य परिभाषा अनुसार जुन माध्यमहरुले जनतालाई सुचना प्रदान गरिरहेका छन् त्यस्ता माध्यामहरुलाई सञ्चार माध्याम मान्न सकिन्छ तर सुचना दिदैमा तिनलाई सञ्चार माध्यम मान्ने ? सुचना दिएर मात्र सञ्चार हुदैन सञ्चारका लागि त सहि सुचना पनि दिनु पर्दछ ।

नेपालका कतिपय यु्ट्युब च्यानलहरू र अनलाईन माध्यमहरुले अहिले कम्युनिकेसन नगरेर मिस कम्युनिकेसन गरिरहेका छन् । कम्युनिकेसन गर्ने माध्यमलाई सञ्चार माध्यम मान्ने यो तर्क सहि छ तर के मिस कम्युनिकेसन गर्ने माध्यमहरुलाई पनि सञ्चार माध्यम मान्ने त ?

आफ्नो च्यानलको र केहि व्यत्तिको निहित स्वार्थका लागी जस्ता पनि सामाग्रीहरु प्रकाशन÷प्रशारण गर्ने ? अन्य उद्योग जस्तो पुर्णरुपमा नाफामुखी उद्योग मिडीया उद्योग कदापी हुन सक्दैन । यस उद्योगमा त नाफा र सामाजिक उत्तरदायित्व लाई संगसंगै लान सक्नु पर्दछ अझ भन्दा मिडिया उद्योग नाफामुखी भन्दा पनी सेवामुखी बढी हुनु पर्दछ ।

सञ्चार माध्यमको सामाजिक उत्तरदायित्यको सिद्धान्त के युट्युब च्यानल र अनलाईन माध्यमहरुले अबलम्बन गर्नु पर्दैन ? अन्य सञ्चार माध्यामहरुको जस्तै युटुब च्यानल र अनलाइन माध्यामहरुको सामाजिक उत्तरदायित्व हुदैन ?

यो भन्दैमा फेरी नेपालका सबै युटुब च्यानल र अनलाईन माध्यमहरुले सामाजिक उत्तरदायित्व बहन गरेका छैनन् भन्ने कदापि होईन ।

पछिल्लो समय बिभिन्न युट्युब च्यानल, सामाजीक सञ्जालका समुह र अनलाईन माध्यमहरुको सक्रियतमा कतिपय न्याय नपाएकाले न्याय पाएका छन् ,गरिबीका कारण स्यास्थ्य उपचार नपाएर मर्न बाध्य हुनेहरुले उपचार पाएका छन् , बिभिन्न कारणले बिदेशी भुमिमा दुख पाईरहेका नेपालीहरुले स्वदेश फर्कन पाएका छन् भने कतिपय क्षमता भएर पनि अबसर नपाएका प्रतिभाहरले अबसर पाईरहेका छन् यी सबै नेपाली युट्युब च्यानल र अनलाईन माध्यमहरुका उपलब्धिहरु हुन् ।

मानब अभिरुची अनुसार सञ्चार माध्यमहरुले आफ्ना सामाग्रिहरु बनाउनु सहि होला तर मानब अभिरुची संग संगै माध्यमहरुले आफ्नो सामाजिक उत्तरदायित्व तर्फ पनि चनाखो रहनु पर्दछ ।

पछिल्लो समय त्यस्ता अश्लिल र अमर्यादित सामाग्रिहरु अपलोड गर्ने च्यानलहरुलाई प्रहरीले नियन्त्रण गर्ने खोजे जस्तो देखियता पनि अहिले भने प्रहरी प्रशासनको पनि यस तर्फ त्यती सक्रियता देखिदैन ।

अहिले जसरी अव्यबस्थित र दर्ता बिनै बिभिन्न युट्युब च्यानल र अनलाइन माध्यामहरु संचालीत छन् अब त्यसललाई नियमन गर्नु जरुरी देखिन्छ ।

अहिले सञ्चालित बिभिन्न युट्युब च्यानलहरु कसले कहा बाट सञ्चालन गरिरहेको छ भन्ने पत्ता लगाउन प्रहरी प्रशासनलाई समेत हम्मे हम्मे परिरहेको छ । त्यसकारण पनि अब उनिहरुको बिषयबस्तुमा नियन्त्रण नगरी उनिहरुलाई दर्ता प्रक्रियामा ल्याई सञ्चालनलाई व्यबस्थि बनाउनु पर्ने जरुरी देखिन्छ ।

अन्तमा: देशको कानुन भन्दा माथि कोहि पनि छैन र हुनु पनि हुदैन त्यसकारण नेपालमा संचालीत बिभिन्न युट्युब च्यानलहरुलाई सञ्चालनका लागी कानुनी दायरमा ल्याई उनिहरुले समाज परिवर्तनका लागि गरिरहेका कामहरुको उच्च सम्मान गर्दै यो पेशालाई थप व्यबस्थित र मर्यादित ढंगले अगाडी बढाउनु पर्ने जरुरी देखिन्छ ।