डरलाग्दो भाईरल प्रकोपः १८ जनाको ज्यान गयो ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

डरलाग्दो भाईरल प्रकोपः १८ जनाको ज्यान गयो !



काठमाडौं-

जिल्लामा झन्डै एक महिनादेखि फैलिएको भाईरल ज्वरो र निमोनियाले १८ जनाको ज्यान लिएको छ ।

जिसोसंगै रुघाखोकी, निमोनिया र भाईरल ज्वरोका विरामी बढेका छन् ।

भाईरल प्रकोपबाट छायानाथ रारा नगरपालिका ५ ढुम गाउँकी ७२ बर्षीया लालशोभा बुढा, सोही नगरपालिकाको वडा नम्बर ७ का एक शिशु र ७० बर्षीया धर्मकला शाहीको मृत्यु भएको छ ।

त्यस्तै वडा नम्बर ४, भागवाडा गाउँमा एक सातायता पाँचजनाको मृत्यु भएको स्थानीय धीरेन्द्र भामले जानकारी दिए ।

यसैगरी छायानाथ रारा नगरपालिका १ का पाँच बर्षि बालक र ७० बर्षिया बुद्धाको मृत्यु भएको स्थानीय धनबहादुर मल्लले जानकारी दिए ।, यो खबर आजको नागरिकमा छ ।