'बेडरुम'को भिडियो लिक भएपछि विराट र अनुष्का समस्यामा - Himal Post Himal Post
  • ७ चैत्र २०७९, मंगलवार
  •      Tue Mar 21 2023

‘बेडरुम’को भिडियो लिक भएपछि विराट र अनुष्का समस्यामा



काठमाडौं- भारतीय क्रिकेटका पूर्वकप्तान विराट कोहली यतिबेला अष्ट्रेलियामा छन्। टी-२० विश्वकप खेलका लागि उनी पत्नी अनुष्का शर्मासहित अष्ट्रेलियामा रहेका कोहलीको ‘बेडरुम’ यतिबेला सामाजिक सञ्जालमा भइरल बनेको छ।

कोहली बसेको होटलको ‘बेडरुम’ त्यहाँ कार्यरत कर्मचारीले सामाजिक सञ्जालमा हालिदिएको बताइएको छ। कोहलीले उक्त हर्कतलाई नजरअन्दान नगरिने चेतावनी दिएका छन्। कोहलीलेमात्रै होइन, पत्नी अनुष्काले पनि कडा शब्दमा निन्दा गरेकी छन्।

‘धेरैपटक यस्ता घटना दोहोरिएका छन्, जहाँ शुभचिन्तकहरुले थोरै पनि लाज राखेनन्। यो त झन् सबैभन्दा वाहियात भयो। यस्ता गल्ती सहन सकिँदैन,’ उनले भनेकी छन्। उनले त्यस्ता शुभचिन्तकहरुलाई समस्याको जडको रुपमा आफूलाई लिन आग्रह गरिन्।

विराटले आफूलाई मन पर्ने खेलाडीको एक झलक पाउन शुभचिन्तकहरु आतुर रहने भए पनि अर्काको गोपनियतालाई भंग गर्नुजस्तो खराब कुरा केही पनि नभएको बताए। ‘यदि होटलको कोठामा मलाई गोपनियता मिल्दैन भने अरु कुनै पनि कुरामा गोपनियता अपेक्षा गर्न सक्दिनँ। म यस कुराबाट सहमत छैन,’ उनले भनेका छन्।

उनले अर्काको व्यक्तिगत कुरालाई मनोरञ्जनको साधान नबनाउन आग्रह गरेका छन्। ‘अरुको गोपनियताको इज्जत गरौं। त्यसलाई मनोरञ्जनको साधन सम्झेर व्यवहार नगर,’ उनले भने।