कोहलीले बनाए नयाँ विश्व किर्तिमान: जो कसैले बनाउन सकेकन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कोहलीले बनाए नयाँ विश्व किर्तिमान: जो कसैले बनाउन सकेकन



एजेन्सी- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली कुनै पनि एक दशकमा २० हजार रन पुरा गर्ने पहिलो खेलाडी बेनका छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि एक दशकमा २० हजार रनको आँकडा पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका हुन् । 

विराटले यो उपलब्धि बुधबार वेस्टइनिडजविरुद्धको एकदिवसीय खेलमा आफ्नो ४३ औं शतक पुरा गर्दै हात पारेका थिए । कोहलीले टेस्ट र टी-२० अन्तर्राष्ट्रियमा २०१० मा डेब्यु गरेका थिए । उनले एकदिवसीयमा भने २००८ मा डेब्यु गरेका थिए । 

कोहली पछि एक दशकमा सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ रहेका छन् । उनले २००० को दशकमा १८ हजार ९६२ रन बनाएका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका दक्षिण अफ्रीकामा पूर्व अलराउण्डर ज्याक कालिजले २००० को दशकमा १६ हजार ७७७ रन बनाएका थिए । 

श्रीलंकाका दिग्गज खेलाडी माहेला जयवर्धनले एक दशकमा १६, ३०४, कुमार संगकाराले १५ हजार ९९९, सचिन तेन्दुलकरले १५ हजार ९६२, राहुल द«विडले १५ हजार ८५३ र दक्षिण अफ्रीकाका हाशिम अमलालले १५ हजार १८५ रन बनाएका थिए ।