बिष्णु भर्सेज गुणानिधि :को हुन् त असली पिडित ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बिष्णु भर्सेज गुणानिधि :को हुन् त असली पिडित ?



नयाँ दिल्ली/चैत्र २१

भारतको राजधानी दिल्ली नजिकै उत्तर प्रदेशको नोएडामा फुड स्टल चलाउँदै आएका ७ नेपालीले एभरेष्ट च्याम्बर अफ कमर्सका  नवनिर्वाचित सदस्य गुणानीधी गैरेद्वारा आफ्नो दैनिकी गुजारा नै छिनेको आरोप लगाएका छन् ।

पछिल्लो कयौँ वर्षदेखि फुड स्टल चलाउदै आएका नेपालीहरूलाई राजनीतिक पावर लगाई उठीबास लगाएको पीडित विष्णु केसीले बताएका छन्। अहिले नोएडा सेक्टर ५० मा फुड भ्यान चलाउदै आएका विष्णु केसी र विष्णु खत्री, सेक्टर४८ मा फुड भ्यान चलाउदै आएका गोपाल पाण्डे, भानु बञ्जाडे र माधव पाण्डे, सेक्टर ११ मा फुड स्टल सञ्चालन गर्दै आएका सन्दिप भट्ट र सेक्टर ५८  मा फुड स्टल चलाउदै आएका रामबहादुर रायमाझी रोजगारबिहीन भएको बताएका छन्  ।

पीडित केसीका अनुसार समाजवादी पार्टीका नेता मुलायम सिंह यादवको घरमा काम गर्ने  भनिएका अरुण भुषालको सहयोगमा एभरेष्ट चेम्बर अफ कमर्शका निर्वाचित सदस्य  गैरे र संस्थापक सदस्य आरपी शर्माले आफ्नो व्यापार चलाउन लाखौँ लगानी लगाएको आफुहरुको फुड स्टल कब्जा गरेका बताएका छन् ।

पहिला-पहिला प्रहरी प्रशासन लगाएर फुड भ्यान हटाउन दबाब दिइएको दु:ख सुनाउदै केसीले पछिपछि खुलेरै गुणनीधि गैरेले आफूलाई हट्न दबाब दिएको बताए । उत्तर प्रदेशमा समाजवादी पार्टीको सरकार रहेका बेला आफुहरुलाई ज्यानको समेत खतरा रहेकाले जायदतीविरुद्ध आवाज पनि उठाउन नसकिएको उनीहरूको भनाई छ। गुणनिधि गैरे आफू बिरामी परेका बेला राति घर आएर राजनीतिक पावरको घुर्की लगाउँदै फुड भ्यानको कागज आफ्नो नाममा गरेको र अहिले आफुहरुको फुड भ्यानमा गुणनिधि गैरेका आफन्तहरुले व्यापार गरिरहेको केसीले भने ।

नेपाल एभरेष्ट चेम्बर अफ कमर्शले मध्यस्तता गर्न बोलाएको बैठकमा गुणनिधि गैरेले आफ्नो गल्ती स्वीकार गरी लिखित रूपमा फुड भ्यानको साँचो फिर्ता गर्ने बताए पनि त्यो अहिलेसम्म फिर्ता नदिएको बताएका छन्  । न्यायको माग गर्दै पीडित फुड स्टल सञ्चालकहरुले गत सोमबार नयाँ दिल्ली स्थित नेपाली दूतावासमा समेत गुहार लगाएका छन् । प्रवासमा जहाँ हामी मिलेर एकअर्काको सपोर्ट बन्नुपर्ने ठाँउमा उल्टै खुट्टा तान्ने काम निकै दुखद भएको पीडितहरुको भनाई छ । पछिल्लो ८  महिनादेखि रोजगार खोसिएपछि विचल्लीमा परेको पीडित फुड भ्यान सञ्चालकहरुले बताएका छन्।

यसबारे के भन्छन त गुणानिधि गैरे ?

नेपाली दुतावासमा पिडित भनिने केसीले न्याए पाउ भन्दै पुगेपछि नेपाल वान टेलिभिजनबाट प्रसारण भएको थियो ।सो पश्चात हिमाल पोस्टले जनाकारीको लागि गैरीलाई सम्पर्क गर्दा गैरेले मेरो चरित्र हत्या गर्न खोजिएको भन्दै आफुसंग प्रमाण रहेको जनाकारी गराएका थिए ।यद्दपी उनलाई हामीले किन तपाईले फुड स्टल हडप्नु भयो भन्ने प्रश्नमा आफुले नहाडेपेको प्रशासनले आफै हटाएको बताएका थिए ।यता केसीले भने प्रशासन संग मिलेर यो सबै गरेको आरोप लगाएका छन् ।

के भन्छ त एभरेष्ट च्याम्बर ?

४ देखि ५ पटक बैठक बसी च्याम्बरले गैरेलाई दोषी देखाई गैरेले उक्त भ्यानका चावी समेत फिर्ता गर्ने सर्तमा उल्लेख छ तर चावी फिर्ता नगरेको  केसी बताउछन  ।पछि आफ्नो ब्याक्तिगत रिसिभिका कारण उक्त केस लम्बिएको च्याम्बरले हामीलाई बताएको   छ ।