भिजन २०२० एण्ड बियोण्ड एनआरएनहरुको मार्गदर्शन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भिजन २०२० एण्ड बियोण्ड एनआरएनहरुको मार्गदर्शन



पुष्प थापा ,जर्मनी

गैर आवासीय नेपाली सङ्घको आठौ विश्व सम्मेलनको खबरले सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई धेरै उत्साही बनाएकोछ। हरेक विश्व सम्मेलनमा जस्तै यस पटक पनि गैर आवासीय नेपाली सङ्घले गैर आवासीय नेपालीहरूको लागि केही महत्त्वपूर्ण योजना र कार्यक्रमहरूको साथमा सङ्घलाई आत्मनिर्भर बनाउँदै सङ्घले आगामी दिनहरूमा आफ्ना अभियानहरुलाई संकल्पको रूपमा तय गर्दै अगाडिका योजना र कार्यक्रमहरू तर्जुमा गर्ने छ। आज सम्म सङ्घमा उठेका धेरै नाराहरू कति पुरा भए भने केही कानुनी प्रक्रियामा छन्। सङ्घको स्थापनामा गैर आवासीय नेपालीहरूको हक हित र अधिकारको लागी मातृभूमि र क्रमभुमिमा उत्पन्न समस्याहरूको समाधानलाई पहल गर्ने हेतुले स्थापना गरिको थियो। नेपालीको लागि नेपाली र एकपटकको नेपाली सधैको नेपाली र नेपाली नागरिकताको निरन्तरता जस्ता गहन र संवेदनशील नाराहरुको चुनौतीहरुलाई गैर आवासीय नेपाली सङ्घको १५ वर्ष पुरानो अभियानले एक एक गरी सुवरण अवसरको रूपमा परिणत हुँदै आइरहेका छन्।

गैर आवासीय नेपाली सङ्घको विस्तार अभियानले आज ७७ मुलुकमा छरिएर रहेका करिब ५० लाख नेपालीहरूको प्रतिनिधित्व गर्दछ। गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको कानुन अनुसार बिधिबत परराष्ट्र मन्त्रालयमा दर्ता भएको एउटा सामाजिक संस्था हो। गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदको मान्यता पाएका धेरै राष्ट्रय समन्वय परिषदहरु पनि सम्बन्धित मुलुकको कानुन अनुसार दर्ता भएका छन्। सङ्घले आफ्नो भवनको निर्माणसंगै भूकम्प पीडितलाई १००० घरहरुको नमुना बस्ती निर्माण गर्दै छ। स्वदेश तथा विदेशमा रहने करिब ३ करोड नेपालीहरूको मन मस्तिष्कमा गैर आवासीय नेपालीहरूको साँझा र छाता सस्थाको रुम आफ्नो स्थान बनाईसकेको छ। नेपाल तथा नेपालीहरूलाई दुख र कष्टकर समयमा सधैँ मलम पट्टि लगाउने एवम् पीडितलाई उद्धार र राहत वितरण गरी कठिन परिस्थितिलाई सहज बनाउन हरेक नेपाली र नेपाल सरकारको सारथिको रूपमा निरन्तर काम गरी रहेको छ। गैर आवासीय नेपाली सङ्घका धेरै आधारभूत आवश्यकता तथा मागहरू पुरा भईसकेका र हुने क्रममा रहेकोले सङ्घको पुरानो ढॉचालाई परिवर्तन गरी समय र परिस्थिति सुहाउदो सबै एनआरएनहरुको भावानालाई जोडने गैर आवासीय नेपाली सङ्घको आवास्यकता भएको सबै गैर आवासीय नेपालीहरूले महसुस गरेको छौ। तयेसैले सङ्घमा आमूल परिवर्तन सहितको सुधार गर्न भिजन २०२० एण्ड बियोण्डको आवास्यक परेको हामी सबैले बुझेका छौ।

विश्वका ७७ मुलुकमा फैलिएर बसेका करिब ५ मिलियन (५० लाख ) नेपालीहरूको प्रतिनिधित्व गर्ने गैर आवासीय नेपालीहरूको गौरवशाली संस्था गैर आवासीय नेपाली सङ्घको स्थापना कालमा उठाएको एउटा मुख्य नारा बिदेशिएका नेपालीहरूको हृदयलाई मातृभूमिसंग जोड्न एकपटकको नेपाली सधैको नेपाली र नेपाली नागरिकताको निरन्तरता तथा दोहरो नागरिकता जस्ता महत्वाकांक्षी नाराहरुले आरम्भ भएको थियो। ७ दशकको नेपाली जनताको अथक प्रयासमा निर्माण भएको नेपालीको संविधान २०७२ ले राजनीतिक अधिकार बाहेकका सबै अधिकारसित गैर आवासीय नेपाली नागरिकता प्रदान गरिसकेको छ।अब केही समयमा लागुगरी गैर आवासीय नेपालीहरूको मागलाई नेपाल सरकारले आंशिक रूपमा पुरा गर्दैछ। २०६४ सालमा गैर आवासीय नेपालीहरूलाई सम्बोधन गरी गैर आवासीय नेपालीहरूको लागी अलग कानुन बनाई १० बर्से गैर आवासीय नेपाली परिचय पत्र सुरुवात गरेको थियो।

२००३ सालमा धेरै वर्ष देखि विदेशमा रहदै आएका समाज सेवक,ठुला विचारक,विद्धान तथा बुद्धिजीवीहरूको खुला बहस छलफल र ठुला अन्तरक्रियाहरुको फलस्वरुपको परिणाम नै गैर आवासीय नेपाली सङ्घको स्थापना भएको थियो। स्वदेश तथा विदेशमा गैर आवसीय नेपालीहरूको हक अधिकार र मानव अधिकारको संरक्षण सम्बर्धन गर्ने हेतुले १४ देशहरुबाट सथापना भएको संस्था अहिले बृहत् भैसकेकोछ। गैर आवासीय नेपालीहरूको सङ्ख्या कुनै एक युरोपियन देशको जनजसंख्याको बराबर वा अधिक रहेको सङ्घलाई सफल बनाउन नेतृत्वले धेरै चुनौतीहरुको सामना गरी विश्व भरी आफ्ना अभियानहरुको बिस्तार गरी विशाल सङ्घ निर्माण भईसकेकोछ। सङ्घको नेतृत्वलाई विदेशमा रहने सम्पूर्ण गैर आवासीय नेपालीहरूले कठिन परिस्थितको समयमा पनि सधैँ साथ सहयोग र समर्थन रह्यो।

स्मरण रहोस्! नेपाल भीषण माओवादी द्वोन्द्व ग्रसित समयमा पनि विदेशमा रहने नेपालीहरूको हक,हित र अधिकारको पक्षमा “नेपालीको लागि नेपाली”र “एक पटक नेपाली सधैको नेपाली” को नारा लिएर जन्मेको गैर आवासीय नेपाली सङ्घका चारै जना आदरणीय अध्यक्ष ज्युहरूले नेपालको अस्थिर राजनीतिक सक्रमण कालबाट गुज्रिएको अवस्थामा पनि आफ्नो कार्यकालमा गैर आवासीय नेपाली सङ्घ, नेपाल तथा नेपालीहरूको लागि ऐतिहासिक कार्यसफल भएको गैर आवासीय नेपाली सङ्घको इतिहासमा सुनौलो अक्षेरले अंकित भएकोछ। सङ्घको स्थापना काल देखि नै रातदिन एकै गरी जोस,जागर र मेहनतले अध्यक्षहरुको प्रेरणादायिक भूमिकाको धेरै वर्णन नगरे पनि “गोजीमा धन छातीमा मन”भएका अति शालीन, भद्र,चिन्तनशील,योग्य,विद्वान,कार्यक्षमता भएका र दक्ष कार्यशैली नेतृत्वहरु गैर आवासीय नेपालीहरूको सङ्घलाई हाक्ने व्यक्तित्वहरु हामी गैर आवासीय नेपालीहरूले पाउनु धेरै शौभाग्यशाली ठान्दछौ। तपाईँको निरन्तरता गैर आवासीय नेपालीहरूले अग्रजहरुको आशिरवाद र अबिभावाकत्व सधैँ ग्रहण गरी रहने अपेक्षा गर्दछौ।

गैर आवासीय नेपाली सङ्घको स्थापना भएदेखि आज सम्म पंजीकृत सदस्य सङ्ख्या ५० हजार भन्दा माथि रहदा पनि अहिलेसम्म एउटै आय स्रोत चन्दाको भरमा भर दैनिक गतिबधिका अभियानहरु सञ्चालन हुँदै आईरहेकछन। गैर आवासीय नेपाली सङ्घको इतिहास पल्टाउने हो भने २००६ सालमा जर्मनीको बोनमा आयोजना भएको सङ्घको दोस्रो क्षेत्रीय सम्मेलनमा आत्म निर्भरताको विषयले प्रवेश पाएकोथियो। १०० मिलियन डलर कोषको निर्माणको बारेमा धेरै चर्चा परीचर्चा भएको गैर आवासीय नेपाली सङ्घका अग्रज तथा अभिन्यताहरुलाई स्मरणीयछ। गैर आवासीय नेपाली सङ्घको विश्व सम्मेलनमा उम्मेदवारहरुको चुनावी घोषणा पत्र सम्म यो विषयले स्थान पाएको थियो। सङ्घको विश्व सम्मेलन सञ्चालन र सङ्घका नियमित अभियानहरु निरन्तरता दिन सधैँ धनी मान्छे खोज्नु पर्ने र चंदाको भर मात्र निर्भर रहने चलनलाई निषेध गर्ने समय आएको आभास सबैलाई महसुस हुन थालेकोछ। कम खर्च गर्न सामर्थ्य राख्ने कुशल नेतृत्व प्रदान गर्न सक्ने क्षमतावान व्यक्तिले पनि अब नेतृत्व गर्न दाबी गर्न सक्ने गैर आवासीय नेपाली सङ्घको हैसियत निर्माण हुनुपर्दछ। गैर आवासीय नेपाली सङ्घको संस्थागत धरातलीय विकास भन्दा एकात्मक व्यक्तिबादी हाबी हुँदै गएको आरोप लगाउदै आएको अवस्थामा गैर आवासीय नेपाली सङ्घको आठौ विश्व सम्मेलनमा “एनआरएनए भिजन २०२० एण्ड वियोण्ड” ले केही आशा र सङ्घ प्रति सबै गैर आवासीय नेपालीहरूको भरोसाको साझा र छाता सङ्घ भएको महसुस हुनेछ। गैर आवासीय नेपाली सङ्घलाई सामूहिक नेतृत्व र संस्थागत विकास गर्नलाई भिजन २०२० एंड बियोण्डले ठुलो मद्दत गर्ने छ।

स्वदेश तथा विदेशमा नेपाल र नेपालीलाई जब आपत् पर्छ गैर आवासीय सङ्घले उद्धारको लागी चन्दा दाताहरुसित सहयोग माग्नु पर्ने अवस्था आउने गर्दछ। सङ्घको आफ्नो दैविक तथा प्रकृति प्रकोप उद्धार कोषको निर्माण नभएकोले उपयुक्त समयमा उद्धार तथा राहत पीडित सम्म पुग्न सकेको हुँदैन।
-सङ्घको संरचनालाई विस्तृत परिवर्तन गरी क्षेत्रगत समावेशी र सामूहिक नेतृत्वको अवधारणा विकास गर्नु पर्दछ।

-गैर आवासीय नेपाली सङ्घको अक्षय कोषको निर्माण गर्नु पर्दछ।

-गैर आवासीय नेपाली सङ्घले अब आफ्नो दैविक तथा प्रकृति प्रकोप उद्धार कोषको निर्माण गर्नु पर्दछ।

-वैदेशिक रोजगार आपत्कालीन कोष तथा बिमा योजनाको व्यवस्थित गर्नुपर्दछ।

-स्वास्थ,शिक्षा, सरसफाई र जनजागरणलाई अभियानको रूपमा अगाडी बढाउनु पर्दछ।

-महिला बालबालिका तथा बृद्धहरुको लागि विशेष योजना तथा कार्यक्रमहरू तर्जुमा गर्नु पर्दछ।

-भविष्यका कर्णधार युवा तथा नयाँ पुस्ताहरुको प्रोत्साहनको लागि आकर्षण कार्यक्रमहरू ल्याउनु पर्दछ।

-नेपाल र नेपालीहरूलाई समृद्ध बनाउन उद्योग, वाणिज्य, व्यापारलाई सहकारी तथा सामूहिक लगानीको अवधारणाको विकास गर्नु पर्दछ।

-पर्यटन विकासको लागि दूतावास पर्यटन दुत र नेपाली समुदायको पहलमा स्थानिया समुदायलाई सहभागी गराउनु पर्दछ।

-परोपकारी कार्यको लागि कोष निर्माण गर्ने

-अनुगमन मुल्याकन र सम्मानको लागि स्वतन्त्र समितिको निर्मण गर्ने

-अग्रजलाई उचित सम्मान र नयाँ नेतृत्वको विकास गर्ने जस्ता सङ्घले गर्नु पर्ने अति महत्त्वपूर्ण कार्यहरुलाई बिधिबत अभियानको रूपमा सञ्चालन गर्न सङ्घले भिजन २०२० एण्ड बियोण्डलाई अगाडी ल्याउनु पर्दछ।

गैर आवासीय नेपाली सङ्घमा समय सँगै धेरै परिवर्तन भइसकेकोछन। गैर आवासीय नेपाली सङ्घ बृहत् भईसकेकोले अब भावनाले चल्न सक्ने अवस्थामा छैन। एउटा एन्जियो र आइएनजियो र साधारण समुदायिक संस्थाको अवधारणाले समृद्ध नेपालको परिकल्पनाको रूपमा ७७ मुलुकमा रहने ५० लाख नेपाली हरुको प्रतिनिधित्व गर्न सक्ने छैन। यसको संरचनालाई विस्तृत परिवर्तन गरी समय र परिस्थिति अनुसार चलाउन एउटा बलियो ग्लोबल बडीको जरुरत भएको छ।जसमा सदस्य एनसीसी राष्ट्र हरुको स्वामित्व ग्रहण गर्ने संयुक्त राष्ट्र सङ्घको ढॉचाको जस्तो मेनबडीको निर्माण गर्न आवश्यक भएको छ। जसले स्वदेश तथा विदेशमा गैर आवासीय नेपालीहरूका समस्या र चुनौतिहरुलाई समाधानको लागि सहज माध्यम बन्न सक्नु पर्दछ। कर्म भूमिमा सधैँ अल्प सङ्ख्यामा रहेको गैर आवासीय नेपाली समुदायहरूको विकास र नेपाली कला तथा सांस्कृति एवम् नेपाली पहिचानलाई समानान्तर दिशाको पक्षमा विकास गर्न गैर आवासीय नेपाली सङ्घलाई सबै गैर आवासीय नेपालीहरूको बिचमा पुराउन आवश्यक छ।त्येसैले सङ्घको संरचना समय र परिस्थिति अनुसार परिवर्तन गरी सबै गैर आवासीय नेपाली हरुको भावाना र चाहाना जोडी एक साथ लैजान भिजन २०२० एण्ड बियोण्डको अति नै जरुरत छ।

समय परिबर्तनशिल भएकोले संसार भरी रहेका सबै नेपालीहरू समृद्ध भएर मात्र समृद्ध नेपाल हुन्छ भन्ने भविष्यवादी लामो र फराकिलो सोचको साथ सामुयिक लगानी नेपाल तथा आफू रहेको मुलुकमा संयुक्त सामुयिक लागनीको गर्ने अवधारणाको विकास भई सकेकोछ। विश्व भरी छरिएर रहेका नेपालीहरूलाई गैर आवासीय नेपाली सङ्घमा आबद्ध गरी आपसी सद्भाव भाईचारा र नेपाल र नेपालीको पहिचान, राष्ट्रिय एकताको सँगै एनआरएनहरुको कनेक्टीभिटीमा एक रुपता हुनुले गैर आवासीय नेपालीहरुमा आपसी सहयोगको वातावरण सिर्जना गरी आत्मनिर्भरको विषयमा अग्रसर रहन अति महत्त्व पूर्ण भूमिकालाई समयमै छलफल चलाउनुले गैर आवासीय नेपाली सङ्घको आठौ विश्व सम्मेलनको परिणाम सङ्घको विकासको लागि कोसे ढुङ्गा साबित हुनेछ।

बिस २०४६ साल पश्च्यात धेरै नेपालीहरू विदेशमा आउन थालेको तथ्याङ्कले देखाउछ।यो पहिलो पुस्ताका नेपालीहरू आजका सम्पूर्ण गैर आवासीय नेपालीहरू हौ पहिलो पुस्ताका नेपालीहरूको नेपालमा रहेको भाइ बहिनी बुवा आमा शीतको परिवार र आफ्नो परिवारको जिम्मेवारी बहन गर्न दोहरो मारमा पर्नु परेको अवस्थामा पनि केही नेपालीहरू व्यापार व्यवसायमा राम्रो प्रगतिकोवर जादैछन। तर धेरै नेपालीहरूले ठुलो आर्थिक फट्को मार्न सकेकाछैन। तर पनि सामाजिक, आर्थिक,सांस्कृति र राजनीतिक रूपमा स्थाई बसोबास गरी प्रगति गरिरहेकाछन। नेपाल भन्दा बाहिर विदेशमा जन्मेका दोस्रो पुस्ताहरुलाई नेपालीहरूलाई पनि नेपाल सँगै जोड्नु पर्दछ र नेपालको विकासमा हातेमालो गर्दै सीप,ज्ञान,पुजी र जागर खर्चिन दोस्रो पुस्तालाई नेपाल प्रति अभिप्रेरित गर्नु गैर आवासीय नेपाली सङ्घको अहिलेको गहन जिम्मेवारीको विषय बनेकोछ। युवा प्रति धेरै आकर्षण कार्यक्रमहरूको तर्जुमा गरी अगाडी बढ्दा दोस्रो पुस्ताका नेपालीहरू प्रति नेपालको मोह र आत्मीय भावनाको विकास हुनसक्दछ। अहिले आयोजना हुन गैरहेको गैर आवासीय नेपाली सङ्घको आठौ विश्व सम्मेलनमा छलफल, विचार, बिमर्शको लागी तय गरिएको मूल नारा एनआरएन भिजन २०२० एण्ड वियोण्डले यी सबै पक्षहरुलाई सम्बोधन गर्ने सम्पूर्ण गैर आवासीय नेपालीहरूको बिश्वाछ। आगामी आठौ विश्व सम्मेलनमा खुला बहस र छलफल द्वारा अगाडीको सिग्नल सङ्केतको निर्णय हुने छ।

गैर आवासीय नेपाली सङ्घको आठौ विश्व सम्मेलनमा सङ्घको साधारण सभामा खुला छलफल र बहसको लागि “एनआरएन भिजन २०२० एण्ड वियोण्ड ” लाई विचार बिमर्श र विस्तृत छलफल गरी हरियो सिग्नल पाउँदा सङ्घ आत्मनिर्भर तीर अगाडी बढ्दै आगामी नेतृत्वको लागि कुनै अरब पति गैर आवासीय नेपालीको जरुरत हुनेछैन। गैर आवासीय नेपाली सङ्घमा चाहिने योग्य, दक्ष,कार्यकुशलता क्षमता र सङ्घमा निरन्तर काम गरिरहेको अनुभवी व्यक्तिले पनि नेतृत्वमा जानसक्ने हिम्मत गर्ने एउटा सुखत समाचार हुनेछ। धेरै विशेषता भएको यो नारा आर्थिक परादर्शिता र विधि विधानको राम्रो पालाना हुनसक्ने र सम्पूर्ण गैर आवासीय नेपालीहरूको हक,हित र अधिकारहरूको लागी धेरै न्यायोचित हुन सक्ने भएकोले एनआरएनहरुको अभियानमालाई “एनआरएन भिजन २०२० एण्ड वियोण्ड” संकल्पको रूपमा पूर्ण सफलताको लागी सम्पूर्ण गैर आवासीय नेपालीहरूको साथ सहयोग र समर्थनको आवाश्यकता छ।

(लेखक थापा गैर आवासीय नेपाली सङ्घका सल्लाहकार पनि हुन )