विवेक ओबरोयको हत्या गर्ने यस्तो योजना- सुरक्षा कडा पारियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विवेक ओबरोयको हत्या गर्ने यस्तो योजना- सुरक्षा कडा पारियो



बलिउड नायक विवेक ओबरोयलाई नक्सलवादीले हत्या गरिदिने धम्की दिएको बताइएको छ । उक्त धम्कीपछि उनलाई मुम्बई पुलिसको तर्फबाट सुरक्षा प्रदान गरिएको छ । नक्सलवादीले विवेकलाई यो धम्की ‘पीएम नरेन्द्र मोदी’ फिल्मका लागि दिइएको बताइन्छ ।

पुलिसले सुरक्षा दियोः

विवेक ओबरोयका प्रवक्ताले यसबारे पुष्टि गरेका हुन् । उनका अनुसार अभिनेताको ज्यानको खतराको गोप्य जानकारी पाइएको थियो । एक पुलिस अधिकारीका अनुसार ओबरोयलाई बुधबार दुई नीजि सुरक्षा अधिकारी प्रदान गरिएको छ । ओबरोयको स्थानीय आवासबाहिर एक पुलिस वाहन पनि राखिएको उनले बताए ।

मिमको विषयमा विवादित छन् विवेकः

विवेक ओबरोय हालै आफ्नो एक विवादित ट्वीटका कारण चौतफी आलोचनाको शिकार भएका थिए । ऐश्वर्या राय बच्चनमाथि विवादित मिमको विषयमा चर्चित छन् जसलाई उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेका छन् । पछि उनले माफी मागेका थिए ।

उनी प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्ममा मुख्य भुमिका निभाइरहेका छन् । यो फिल्म चाँडै नै रिलिज हुने तयारीमा छ ।