धरासायी बन्दै भारतमा वोडाफोन: ७४ हजार करोड घाटा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

धरासायी बन्दै भारतमा वोडाफोन: ७४ हजार करोड घाटा



बीबीसी । भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा पर्ने वोडाफोन—इण्डियाको दोस्रो त्रैमासिक रेकर्डमा ७४ हजार करोड रुपैयाँ घाटा भएको पाइएको छ । अर्थशास्त्री विवेक कौलका अनुसार १ अर्ब भन्दा बढी मोबाइल ग्राहक भएको भारतको बजारमा सो कम्पनीलाई घाटा हुनुका मुख्य दुई कारण छन् ।

पहिलो कारण केही वर्ष टेलिफोनको कलको मूल्य घट्दापनि यसको डेटाको मूल्य लगातार उच्च रह्यो । तर, तीनवर्ष पहिला जब रिलायन्स जियो आयो त्यसपछि सबै कुरा बदलियो । जियो आएपछि डेटाको मूल्यमा गिरावट आयो र यसले भ्वाइसको बजारलाई डेटाको बजारमा बदलिदियो ।

नतिजा यो आयो कि भारत डेटाको बजारमा सबैभन्दा सस्तो भयो । यसले गर्दा देशमा पहिलादेखि नै रहेका कम्पनीमा गहिरो असर पर्यो । उनीहरुलाई रिलायन्सको मूल्य अनुरुप आफ्नो योजना ल्याउनु पर्यो । यसको कारण फाइदा कम र नोक्सान बढी भयो ।

अर्को कारण एडजस्टेड ग्रास रेभिन्यु (एजीआर)को मामिला पनि हो । यसको मतलब दूरसञ्चार कम्पनीले आफ्नो कमाईको एक हिस्सा सरकारको दूरसञ्चार विभागको साथ साझा गर्नुपर्दछ ।सो कम्पनीले अहिले भारतमा धेरै कर तिर्नुपरेको गुनासो गर्दै आएको छ । यदि वोडाफोन जस्तो कम्पनीले देश छोडेर गएमा त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा भारतको छबीलाई नै अप्ठेरो पर्न सक्ने जनाइएको छ ।

भारत सरकार र वोडाफोनका बीच गएको १० वर्षदेखि करको विषयलाई लिएर मुद्दा चलिरहेको छ । पछिल्लो समय वोडाफोनले भारतको आइडिया भन्ने कम्पनीसँग मिलेर ज्वाइन्ट भेन्चरमा काम गर्दै आएको छ । भारतीय टेलिकम बजारमा राजश्वको मामिलामा यो कम्पनीको हिस्सेदारी २९ प्रतिशत रहेको छ ।